समाचार
भुकम्प प्रभावितहरुको जसरी नै विपद् प्रभावितहरुको पनि पुनर्स्थापना हुने गरी कार्यविधि बन्दै
Aso 26, 2077

भुकम्प प्रभावितहरुको जसरी नै विपद् प्रभावितहरुको पनि पुनर्स्थापना हुने गरी कार्यविधि बन्दै
विपद् प्रभावितहरुलाई भुकम्प प्रभावितहरुको जस्तै गरी पुनर्स्थापना गरिने गरी कार्यविधि बन्दैछ । यही असोज २० गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आठौं बैठकले यस सम्बन्धी कार्यविधि परिमार्जन सहित पारित गर्ने निर्णय गरेसँगै विपद् प्रभावितहरुको पुनर्स्थापना हुने भएको हो ।
प्रस्तावित “विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७” अनुसार विपद् प्रभावित लाभग्राहीलाई विपदबाट क्षतिग्रस्त बनेका घर निर्माणका लागि अनुदान रकम दिइनेछ । यसअघि भुकम्प प्रभावितहरुले मात्र अनुदान रकम पाउने गरेका थिए । कार्यविधि अनुसार अबदेखि विपद् प्रभावितहरुले पनि अनुदान रकम पाउने भएका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्रस्तावित कार्यविधिको मस्यौदामा लाभग्राहीको पहिचानको आधार, लाभग्राही छनौट प्रक्रिया, अनुदानको प्रकार र किस्ता, अनुदान दिने प्रक्रिया लगायत विषय समावेश गरिएको जानकारी दिनुभयो । प्रस्तावित कार्यविधि मन्त्रीपरिषदबाट पारित भएपछि लागू हुनेछ ।
कार्यकारी प्रमुख पोखरेलले यससँगै अन्य विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको कार्यसञ्चालन मार्गदर्शन पनि बैठकले पारित गरेको जानकारी दिनुभयो । यस मार्गदर्शनले विपद् न्यूनीकरण व्यवस्थापनमा काम गर्ने सरकारी तथा गैह्रसरकारी निकाय, निजी संघ संस्थाहरु, सञ्चार क्षेत्र सबै संयुक्त रुपमा परिचालन हुन सहज हुने उहाँले बताउनुभयो ।
यसैगरी बैठकले विपद् खोज तथा उद्धार आधारभूत तालिमको पाठ्यक्रम, २०७७ र विपद् समयमा खोज तथा उद्धार, प्राथमिक उपचार र शव व्यवस्थापनका लागि आवश्यक सामग्री सम्बन्धी मापदण्ड, २०७७ का सम्बन्धमा पन्ध्र दिनभित्र राय तथा सुझाव दिन पनि सम्बन्धित संस्थाहरुसँग आग्रह गरेको छ ।
पदाधिकारी

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री

राम बहादुर थापा 'बादल'
माननीय गृह मन्त्री

अनिल पोखरेल
कार्यकारी प्रमुख

जनार्दन गौतम
प्रवक्ता/सूचना अधिकारी
सम्पर्क : 9841552979
- 27
- Aso
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसको समुद्घाटन कार्यक्रम ।
- 1
- 27
- Aso
13th October=13:00 PM = माननीय गृहमन्त्री रामबहादुर थापा "बादल" ज्यूलाई नेपाल चेम्बर अफ कमर्सद्वारा "राहत सामाग्री हस्तान्तरण" कार्यक्रम । स्थानः गृह मन्त्रालय, सभाहल ।
- 1
- 29
- Aso
15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting
- 3
- 30
- Aso
16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting
- 4