समाचार

डढेलो जोखिम कम गर्न सचेतना र पूर्वतयारीमा जोड

Feb 27, 2024

काठमाडौं, फागुन १५

प्राधिकरणले संचालन गर्दै आएको 'विपद् संवाद्' श्रृंखला अन्तर्गत यस आर्थिक वर्षमा संभावित वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा छलफल तथा अन्तरक्रिया भएको छ ।

छलफलमा सहभागी भई सरोकारवाला निकायका प्रमुख एवं विज्ञ वक्ताले डढेलोको जोखिम कम गर्न जनचेतना अभियान, अग्नि नियन्त्रक उपकरणको तयारी, सरोकारवाला निकायबीच समन्वयसहित पूर्वतयारीमा जोड दिनुपर्ने बताउनु भयो ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक डा. शिव कुमार वाग्लेले कृषि कर्ममा कमी आएका कारण जंगलमा दाउरा, घाँस, पत्कर थुप्रिएर बसेको र त्यसरी थुप्रिएर बसेको 'फ्युल' मा आगो सल्किँदा ठूलो क्षेत्रमा डढेलो पुग्ने खतरा रहेको बताउनुभयो । डा. वाग्लेले डढेलोको जोखिम कम गर्न विभागबाट जनचेतनाका कार्यक्रम संचालन गर्न लागिएको पनि जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले यस पटकको हिउँदमा सरदरभन्दा कम पानी परेकाले सुख्खा भएको र सुख्खामा डढेलोको जोखिम ज्यादा हुने खतरा औंल्याउँदै जोखिम न्यून गर्न जनचेतनाका कार्यक्रम महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका प्राध्यापक डा. विनोद पोखरेलले यस वर्ष डढेलोका घटनाहरु न्यूनीकरणका लागि सही समय भएकोले आगो निभाउने तालिम संचालन गर्ने, दमकल लगायतका उपकरणहरु तयारी अवस्थामा राख्ने तथा अग्निरेखाहरु सफा गर्नतिर ध्यान दिनुपर्ने बताउनुभयो  ।  

संवादको सहजीकरण गर्नुभएका वातावरण विज्ञ भूषण तुलाधरले वन डढेलोले देशभरि खासगरी काठमाडौं उपत्यकामा वायु प्रदुषण निम्त्याउन प्रत्यक्ष भूमिका खेल्ने उल्लेख गर्दै डढेलोका घटना कम गर्न वन मन्त्रालय, विपद् प्राधिकरणमात्र नभएर सबै निकाय एवं नागरिकको समेत जिम्मेवारी रहेको विचार व्यक्त राख्नुभयो ।

इसिमोडका चिफ अफ पार्टी डा. वीरेन्द्र बज्राचार्यले संचारका माध्यमहरु चुस्त दुरुस्त राख्ने, सरोकारवाला निकायबिच समन्वय गर्ने, क्षमता अभिबृद्धिका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

वायुमण्डलीय विज्ञानका विज्ञ डा. अरनिको पाण्डेले उच्च स्थानमा लाग्ने आगलागी नियन्त्रण गर्न पानी फाल्न सक्ने हेलिकोप्टर लगायतका उपकरणबारे पनि सोच्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघका सचिव डिल्ली गिरीले सामुदायिक वन उपभोक्तालाई तालिम तथा उपकरणको आवश्यकता रहेको बताउनुभयो ।

प्राधिकरणका उपसचिव एवं डढेलो विज्ञ सुन्दर प्रसाद शर्माले प्रस्तुतीकरण राख्दै नेपालमा ६४ प्रतिशत भन्दा बढी डढेलोका घटना मानवीय लापर्वाहीका कारण हुने गरेको जानकारी दिनुभयो । शर्माले पछिल्ला दुई वर्ष डढेलो तुलनात्मक रूपमा कम भए पनि  यो वर्ष बढ्न सक्ने देखिएको बताउनुभयो ।

नेपालमा फागुनदेखि वैशाखसम्मको समयमा डढेलोको उच्च जोखिम हुन्छ । वैशाख दोस्रो साता जोखिम उच्च स्थानमा पुग्छ । सन् ०२३ मा मात्र डढेलोमा परी सात जनाको ज्यान गयो भने १७ घाइते भए । त्यसैगरी, डढेलो गाउँसम्म विस्तार भई ४२ घर जले  ।

वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।

संवादमा विभिन्न सरकारी तथा सुरक्षा निकाय, विकास साझेदार तथा साझेदार संस्थाका प्रतिनिधि एवं संचारकर्मीको उपस्थिति थियो । 

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4