समाचार

विपद् व्यवस्थापन सम्बन्धी सम्पर्क व्यक्तिहरुको समन्वय बैठक सम्पन्न

Dec 28, 2023

काठमाडौं, पुस १२

संघीय मन्त्रालय, आयोग एवं कार्यालयहरु, उपत्यकाका नगरपालिकाहरु एवं सुरक्षा निकायका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सम्पर्क व्यक्तिहरु (Focal Persons) को पहिलो समन्वय बैठक सम्पन्न भएको छ ।

विपद् व्यवस्थापनका कार्यक्रमहरुलाई राष्ट्रिय रणनीतिक प्राथमिकता अनुकूल बनाउन, विभिन्न निकायहरुले गर्ने कार्यमा संभावित दोहोरोपना हटाई प्रभावकारी बनाउन, सम्बन्धित निकायहरुबीच समन्वयको संयन्त्र निर्माण गर्न एवं अनुभवहरुको आदानप्रदान गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको हो ।   

बैठकका प्रमुख अतिथि प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापनमा सबैको एकीकृत प्रयास र पहलकदमी आवश्यक पर्ने भएकोले संयुक्त कार्यक्रमको ढाँचा तयार गर्न संघीय निकायहरु, स्थानीय तह एवं सुरक्षा निकाय बीच समन्वय गरिएको बताउनुभयो ।  

बैठकका सहभागीहरुले आ-आफ्ना निकायहरुको कार्यक्षेत्र, कानुनी प्रावधान, हाल संचालित कार्यक्रमहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

बैठकमा विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्च (NPDRR) अन्तर्गत रहने 'सरकारी निकायको समूह' पनि गठन गरिएको छ ।  समूहको संयोजकमा प्राधिकरणका सहसचिव रहनु हुनेछ ।  विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको कार्यसञ्चालन मार्गदर्शन, २०७७ ले ९ वटा सरोकारवाला समूहहरुको व्यवस्था गरेको छ ।

कार्यक्रम प्राधिकरणका सहसचिव भरत मणी पाण्डेको अध्यक्षतामा संचालन भएको हो । कार्यक्रममा सुरुवातमा प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुव बहादुर खड्काले विपद् जोखिमका विभिन्न पक्षहरुबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।   

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4