समाचार

पहिरोजन्य जोखिम आँकलन सम्बन्धी विपद् संबाद

Jul 5, 2023

पहिरोजन्य जोखिम आँकलन सम्बन्धी नेपालमा हालसम्म भएका कार्य, अध्ययन तथा नतिजा, यस सम्बन्धी अपुग, थप अध्ययनको आवश्यकता र दिशा निर्देशका बारेमा आज सम्बन्धित निकायका अधिकारीहरु एवं विज्ञहरुको सक्रिय सहभागितमा विमर्श गरिएको छ ।  
संवादमा जलस्रोत अनुसन्धान एवं विकास केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर जिओलोजिष्ट डा. अनन्त मान सिंह प्रधान, खानी तथा भूगर्भ विभागका प्रवक्ता मोनिका झा, बेलायतको डुर्ह्याम विश्वविद्यालयका प्रा. डा. एलेक्स डेन्समोर, फोरम फर इनर्जी एण्ड इन्भाइरोमेन्ट डेभलप्मेन्टका कार्यकारी निर्देशक डा. सञ्जय देवकोटा र त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागका सहप्राध्यक डा. रञ्जन कुमार दाहालले नेपालमा पहिरोजन्य जोखिम आँकलनको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभयो । 
विज्ञ तथा सहभागीहरुले पहिरोजन्य जोखिम आँकलन सम्बन्धमा अध्ययन तथा नतिजामा एकरुपताको आवश्यकता रहेको उल्लेख गर्दै जोखिम आँकलनहरुलाई एउटै मञ्चमा ल्याउने प्राधिकरणको प्रयासको सह्राना पनि गर्नुभयो । भूकम्पीय प्रविधि राष्ट्रिय समाज, नेपालका अध्यक्ष प्रा. डा. आमोद मणि दीक्षितले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । 
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कार्यकारी समितिको बैठकले बहुप्रकोपीय जोखिम आंकलन विधि तथा कार्ययोजना तयार गर्न कार्यदल गठन गरेको जानकारी दिंदै संवादबाट प्राप्त सुझावहरुले कार्यदललाई निष्कर्षमा पुग्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले पहिरोजन्य जोखिम आँकलन गर्दा 'स्केल', 'रिजोलुसन' र उद्देश्यमा रहेका कमीहरुको पहिचान गर्ने उद्देश्यले संवाद आयोजना गरिएको जानकारी दिनुभयो ।  
प्राधिकरणले विपद् जोखिमका विषयवस्तुहरुमाथि सरोकारवालाबीच सार्थक छलफल गर्न 'विपद् संवाद' आयोजना गर्दै आएको छ ।

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4