समाचार

आयोजना कार्यान्वयनमा जोखिम न्यूनीकरणका क्रियाकलापलाई मूलप्रवाहीकरण गरिने

May 29, 2023

काठमाडौं/ आयोजना कार्यान्वयनका हरेक चरणमा वातावरण संरक्षण र जलवायु अनुकूलन तथा न्यूनीकरणका क्रियाकलापलाई मूलप्रवाहीकरण गरिने भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै विपद् व्यवस्थापनका कार्यक्रमलाई एकीकृत गरी जोखिम न्यूनीकरण तथा रोकथामका उपाय अवलम्वन गरिने बताउनुभएको हो ।

विभिन्न ४३ स्थानीय तहमा नेपाल जलवायु नमुना कार्यक्रम सञ्चालन गरिने जानकारी दिंदै अर्थमन्त्री महतले जल तथा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणालीलाई थप विश्वसनिय र भरपर्दो बनाइने पनि बताउनुभयो । सुर्खेत, पाल्पा र उदयपुरका मौसमी राडार केन्द्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने उहाँले जानकारी पनि दिनुभयो ।

संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहयर्कामा जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलनसम्बन्धी राष्ट्रिय लक्ष्य हासिल गरिने उहाँको भनाइ छ ।

जलवायु परिवर्तका असरहरुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्न एवं हिमप्रणालीको निरन्तर अनुगमन गर्न सञ्चालनमा रहेका ९ वटा हिम केन्द्रलाई पूर्ण स्वचालित र तत्काल तथ्यांक प्राप्त हुने गरी स्तरोन्नति गरिने पनि बजेट वक्तव्यमा जनाइएको छ ।

बजेट वक्तव्यमा उल्लेख छ, 'विपद्को समयमा तत्काल उद्धार  गर्न नेपाली सेना र सशस्त्र प्रहरी बलको क्षमता विकास गरिनेछ। विपद् पूर्वतयारी, खोज, उद्धार, राहत र पुनर्स्थापनामा स्थानीय समदुायको सहभागिता अभिवृद्धि गर्न स्थानीय स्तरमा स्वयंसेवक व्युरो गठन गरी परिचालन गरिनेछ । विपद् प्रतिकार्यमा संलग्र निकायलाई अन्तर्राष्ट्रिय खोज तथा उद्धार सहयोगी समूहको मान्यता प्राप्त गर्न सहजीकरण गरिनेछ।'

विपद् जोखिम न्यूनीकरण गर्न वहुप्रकोपीय पूर्वचेतावनी राष्ट्रिय प्रणाली स्थापना तथा बहप्रुकोपीय जोखिम आकँलन गर्ने प्रणाली स्थापना गर्ने जानकारी गराउँदै अर्थमन्त्री महतले सूचना प्रणालीको उपयोग गरी विपद् जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली संचालन गरिने पनि उल्लेख गर्नुभयो ।

बजेट वक्तव्यमा बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट जोखिमममा रहेका बस्तीको पहिचान गरी विस्तापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने जनाइएको छ ।

अर्थमन्त्री महतले डढेलोको जोखिम नियन्त्रणका लागि प्रदेशसँगको सहकार्यमा सामग्री खरिद र तालिम कार्यक्रम संचालन गर्न तथा काठमाडौंको वीर अस्पतालमा रहेको वर्न युनिटलाई स्त्तरोन्नति गरी सुविधा सम्पन्न वर्न सेन्टरका रुपमा विकास गर्न बजेटको व्यवस्था गरिएको पनि जानकारी गराउनुभएको छ ।

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4