समाचार

विपत विरुद्ध लड्न दिर्घकालिन नीति र कार्यक्रमको खाँचो छ : रामबहादुर थापा / गृहमन्त्री, नेपाल सरकार

Shr 11, 2077

माननीय्, गृह मन्त्री रामबहादुर थापाले विपतसँग लड्न दिर्घकालिन नीति तथा कार्यक्रमको खाँचो रहेको बताउनु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको सातौ वैठकमा उहाँले त्यस्तो नीतिको आवश्यकता औल्याउनु भएको हो । हरेक बर्ष विपद्वाट मानविय क्षति बढ्दै जानुमा हाम्रा विकास नीतिहरु जिम्मेवार रहेको मन्त्री थापाको भनाई थियो । उहाँले विपतका लागि जिम्मेवार त्यस्ता विकास नीतिमा परिवर्तन औँल्याउनु भएको छ ।‘विपतलाई न्यूनीकरण गर्दै लैजान हामीले विकास नीतिमा सुधार ल्याउनु पर्ने थियो, गृहमन्त्री थापाले भन्नुभयो, हाम्रो विकास नीति भनेकै डोजर नीति जस्तो भइरहेको छ । यस्ता नीतिगत कमजोरीले हामीमाथि विपद् थपिदै गएका छन् । उहाँले वाढी पहिरोबाट भइरहेको क्षतिको अर्को प्रमुख कारण अव्यवस्थित बसोबास भएको बताउनु भयो । ‘बाढी रोक्न सक्दैनौँ । हुरी बतास, हिमपात, भुकम्प जस्ता प्राकृतिक विपद् रोक्न सक्दैनौँ । उहाँले भन्नुभयो, त्यस्ता विपतबाट मानविय क्षति कम गर्न व्यवस्थित वस्ती विकास गर्ने र भुकम्प प्रतिरोधी संरचना बनाउने सरकारको नीति आवश्यक छ । माननीय गृहमन्त्री थापाले विपद्बाट हुँदै आएको धनजनको क्षतिलाई पहिलाको तुलनामा न्यूनीकरण गर्दै गइरहेको बताउनु भएको छ । उहाँले पहिलाको तुलनामा विपद् विरुद्धको पूर्व तयारी पनि व्यवस्थित बन्दै गइरहेको बताउनुभयो । यस्तै माननीय गृहमन्त्री थापाले विपद् विरुद्ध लड्न निजी क्षेत्रको पनि साथ सहयोग आवश्यक पर्ने बताउनु भएको थियो । तत्कालको योजना कस्तो हुने ? मन्त्री थापाले विपद्बाट क्षति भएको ठाउँमा तत्काल उद्धार र पुर्नस्थापना गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । केही बस्तीहरु अझै संकटमा फसिरहेको भन्दै उहाँले त्यस्ता जोखिममा रहेका बस्तीलाई उद्धार गरि राहत पुर्याउने काम भइरहेको बताउनु भयो । उहाँले विपद्बाट प्रभावित वस्ती तथा परिवारलाई तत्काल खाद्य सामाग्री सहित अस्थायी आवास, उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो । यस्तै उहाँले बाढी तथा पहिरोबाट क्षति भएका वस्तीको दिर्घकालिन पुर्नस्थानाको कार्यक्रम बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।

केपी शर्मा ओली

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक

माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

कार्यकारी प्रमुख

डा. भीष्मकुमार भूसाल

सह सचिव

रामबन्धु सुवेदी

सह सचिव

रोशनी कुमारी श्रेष्ठ

सह सचिव

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4