समाचार

२४ औं भूकम्प सुरक्षा दिवस मूल समारोह-२०७८ सुसम्पन्न

Mag 2, 2078

२४ औं भूकम्प सुरक्षा दिवस मूल समारोह-२०७८ सुसम्पन्न

भुकम्पीय सचेतना, सुरक्षित संरचना  भन्ने मूल नाराका साथ २४ औं भूकम्प सुरक्षा दिवस मूल समारोह कार्यक्रम सुसम्पन्न भएको छ । ललितपुर महानगरपालिकामा आयोजित यस वर्षको भूकम्प सुरक्षा दिवस समारोह कार्यक्रममा सभाध्यक्षता ललितपुर महानगरपालिकाका नगर प्रमुख श्री चिरीबाबु महर्जनले गर्नु भएको थियो । सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू भर्चुअल माध्यमबाट जोडिनु भएको थियो यसैगरी भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका अध्यक्ष माननीय गृह मन्त्री श्री बालकृष्ण खाँड विशेष अतिथिकारुपमा भौतिक उपस्थिति जनाउनु भएको थियो यसैगरी सहरी विकास मन्त्री माननीय श्री रामकुमार झाँक्रि, श्रीमान् गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका श्रीमान् कार्यकारी प्रमुख, विशिष्ट व्यक्तिहरू, सुरक्षा निकायका प्रमुखहरु लगायत नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरू, कुटनैतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यूबाट भर्चुअल माध्यमबाट नै "भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी" उद्‌घाटन र ललितपुर महानगरपालिकाद्वारा प्रकाशित "विपद पुस्तिका" विमोचन गर्नुका साथै सम्बोधनमा मुलुक बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका प्रकोपहरूबाट बारम्बार प्रभावित हुने गरेको र  हाल कोभिडको महामारीले सताईरहेको बताउनु भएको थियो । विपद्‌को पूर्वानुमान गरी योजनाबद्द रुपमा न्यूनीकरणका कार्यहरु अगाडि बढाउनु पर्ने समेत बताउनु भएको थियो । यसैगरी विशेष अतिथिका रुपमा माननीय गृहमन्त्रीज्यूबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को व्यवस्था, वर्तमान अवस्थामा बढ्दै गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जिम्मेवारी र थप निर्वाह गर्नु पर्ने भूमिका लगायतका विषयमा प्रष्ट्याउनु भएको थियो । अतिथिकारुपमा पाल्नु भएका माननीय सहकारी विकास मन्त्रीज्यू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक लगायतबाट सम्बोधन गरिएको थियो । कार्यक्रमको समापन र धन्यवाद ज्ञापन भने कार्यक्रमका सभाध्यक्ष एवम् ललितपुर महानगरपालिकाका नगर प्रमुखबाट गरिएको थियो ।  

२०७८ माघ २ गते आईतबार

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851320269

: dijansmita@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4