समाचार
बाढी पहिरो जस्ता विपदबाट ४५ दिनमा १५८ जनाको मृत्यु
Shr 11, 2077

देशका विभिन्न भागमा बाढी, पहिरो, चट्याङ र सर्पको टोकाइबाट पछिल्लो ४५ दिनमा एक सय ५८ जनाको मृत्यु भएको छ । जेठ ३० गतेबाट मनसुन शुरु भएकोमा त्यस यता साउन ११ गतेसम्म मनसुनका कारण हुने विपतबाट यति ठूलो धनजनको क्षति भएको हो । नेपालमा मनसुन शुरु भएको ४५ दिन पुग्दा सबैभन्दा धेरे पहिरोमा परि मानिसहरुको मृत्यु भएको छ । पहिरोमा परि अहिलेसम्म १ सय २७ जनाको मृत्यु भइसकेको छ । देशभरी विभिन्न ठाउँमा गरि ४५ जना पहिरोमा परि हराइरहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको छ । यस्तै पहिरोमा परि थप १ सय १४ जना घाइते भएका छन् । यस्तै बाढीले बगाएर अहिलेसम्म ३ जनाको मृत्यु भएको छ । थप ६ जनालाई बाढीले बगाएर वेपत्ता बनाएको छ । एक जना घाइते भएका छन् । मनसुनको समयमा चट्याङ लागेर १७ जनाले ज्यान गुमाएका छन् । चट्याङबाट थप ४२ जना घाइते भएका छन् । यस्तै यस अवधिमा विषालु सर्पको टोकाइबाट ११ जनाले ज्यान गुमाएका छन् । सर्पको टोकाइबाट थप १८० जना घाईते भएका छन् ।

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी

डा. भीष्मकुमार भूसाल
कार्यकारी प्रमुख
रामबन्धु सुवेदी
सह सचिव
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव (प्रा.)