समाचार

भूकम्प सूरक्षा दिवस, २०७८ मूल समारोह समिति  बैठक सुसम्पन्न :

Pou 14, 2078

भूकम्प सूरक्षा दिवस, २०७८ मूल समारोह समिति  बैठक सुसम्पन्न :

२०७८ पौष १४ गतेका दिन भूकम्प सूरक्षा दिवस, २०७८ मूल समारोह समितिका  अध्यक्ष माननीय गृह मन्त्री श्री बालकृष्ण खाँडज्यूको अध्यक्षतामा भूकम्प सूरक्षा दिवस, २०७८ सम्बन्धी बैठक सुसम्पन्न भएको छ । बैठकमा उपत्यकाका महानगरपालिका तथा नगरपालिकाका प्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव, गृह सचिव,  लगायतका नेपाल सरकारका सचिवहरु, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख, तीन वटै सुरक्षा निकायका प्रमुखहरु, भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल लगायतका विभिन्न सरोकारवाला निकायका महानुभावहरु सहितको सहभागिता रहेको थियो । 

समितिले भूकम्प सुरक्षा दिवस, २०७८  मूल समारोहको कार्यक्रम ललितपुर महानगरपालिकाको पाटन दरवार स्क्वयरमा आयोजना गर्ने । मूल समारोहको कार्यक्रमको प्रमुख अतिथिका रुपमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्ने ।  भूकम्प सुरक्षा दिवसको मार्गदर्शन, २०७१ को व्यवस्था बमोजिम गठित ललितपुर महानगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा व्यवस्थापन उप-समिति र सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकको संयोजकत्वमा प्रचार प्रसार उप-समिति गठन गर्ने र उपर्युक्त उपसमितिहरुले उक्त मार्गदर्शन बमोजिमका कार्यक्रमहरु सञ्चालन गर्ने, गराउने ।  २४ औँ भूकम्प सुरक्षा दिवसको नारा सहितको पोष्टर मुलुकभरका निजी, सामुदायिक तथा सरकारी विद्यालयहरुमा पठाई विभिन्न शैक्षिक एवम् चेतनामूलक कार्यक्रमहरु प्याब्सन/एनप्याब्सनलगायतका संघ-संस्थाहरुको समन्वयमा शिक्षक विद्यार्थीहरु समेतको सहभागितामा भूकम्प सुरक्षा दिवस, २०७८ विद्यालयस्तरमा मनाउन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई अनुरोध गर्ने । साथै सो दिन विद्यालयका प्रत्येक कक्षामा कम्तिमा एउटा कक्षा भूकम्प विषयमा सञ्चालन गर्ने व्यवस्था मिलाउने लगायतका निर्णयहरु गरेको छ ।

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

गोमादेवी चेम्जोङ्ग

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851215979

: gomachemjong@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4