समाचार

गोरखा भूकम्पको स्मृतिमा धरहरा परिसरमा सभा

Bai 12, 2082

काठमाडौँ, वैशाख १२
दस वर्षअघि गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको दस वर्ष पुगेका सन्दर्भमा धरहरा परिसरमा स्मृति सभा आयोजना गरिएको छ। 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित स्मृति सभाका प्रमुख आतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राख्दै भूकम्पपछि सफलतापूर्वक पुनर्निर्माण गरिएको र सफल कामहरूबाट उत्थानशीलता नेपाली समाजको विशेषता हो भन्ने देखाएको बताउनुभयो।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले व्यक्तिहरुले घर बनाउँदा पनि ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। 
प्रधानमन्त्री ओलीले भन्नुभयो, 'हामी आफैँले, हरेक व्यक्तिले आफ्ना घरहरूलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा ध्यान दिनु पर्दछ। गुणस्तरीय सामग्रीको प्रयोग गरेर निर्माण गर्‍यो भने भयावह परिस्थिति, क्षति बेहोर्नु पर्ने अवस्था नआउन सक्छ।' 
गोरखा भूकम्पको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उक्त भूकम्प दिउँसोको समय नभई राति गएको हुन्थ्यो भने असाधारण क्षति हुने रहेछ भन्दै भूकम्प जुनसुकै बेला जानसक्ने भएकोले सदैव सतर्क रहनुपर्ने बताउनुभयो। 
स्मृति सभाका अध्यक्ष एवं गृहमन्त्री रमेश लेखकले आगामी दिनमा विपद्‍बाट जनधनको क्षति न्यूनीकरणको प्रतिबद्धता व्यक्त गर्न स्मृति सभाको आयोजना गरिएको उल्लेख गर्दै निजी आवासदेखि सार्वजनिक भवनहरुसम्म बलियो गरी बनाउनुपर्नेमा जोड दिनुभयो। 
गृहमन्त्री लेखकले भन्नुभयो, 'जुनसुकै बेला विपद् आउनसक्छ भन्ने मानेर सोहीअनुसार चनाखो हुन र पूर्वतयारी गर्न जरुरी छ। अहिले बजेट बनाउने बेला छ। स्थानीय तहहरुले पनि विपद् पूर्वतयारी एवं प्रतिकार्यका लागि बजेट विनियोजन गर्ने योजना गर्नु आवश्यक छ।'  
प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरु एवं सहभागी सबैलाई स्वागत गर्दै पुनर्निर्माणको दस वर्षको अनुभवले भूकम्प लगायत सबै खालका विपद् जोखिम न्यूनीकरणमा काम गर्न तथा व्यवस्थापनलाई चुस्त ढंगले अघि बढाउन मार्गदर्शन गरेको बताउनुभयो।
कार्यकारी प्रमुख भट्टले पालिका स्तरसम्म गोदामघर हुनुपर्ने नीति लिइएको तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सूचना प्रणाली र प्रविधिको महत्वलाई आत्मसात् गरिएको पनि जानकारी गराउनुभयो।
कार्यक्रममा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, मन्त्रीहरु, सांसदहरु, नेपाली सेनाका प्रधानसेनापति, ललितपुर महानगरपालिकाका मेयर, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख एवं विभिन्न राजदूतावास तथा मिसनका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो। 
प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो।

केपी शर्मा ओली

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक

माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

ई. दिनेश प्रसाद भट्ट

कार्यकारी प्रमुख

सम्पर्क : ०१-४२१११९७

रोशनी कुमारी श्रेष्ठ

सह सचिव

ई. अर्जुन कुमार बम

सह सचिव (प्रा.)

राम बहादुर के.सी.

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : ९८५१३२०२६९/ ९८४९२८१०९७

: rambdr.kc90@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4