समाचार
बढ्दो वन डढेलो नियन्त्रणका लागि स्थानीय पालिकासम्मै स्पष्ट कार्ययोजना बनाएर जानु पर्नेमा जोड
Bai 7, 2082
वैशाख ७, काठमाडौं
वन डढेलो नियन्त्रणका लागि संघदेखि स्थानीय पालिकासम्मले स्पष्ट कार्ययोजना बनाएर जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
‘वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजना’ माथि भएको छलफलका क्रममा वक्ताहरुले पछिल्ला वर्षहरुमा वन डढेलोका घटना बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे । बढ्दो डढेलो नियन्त्रणका लागि संघदेखि स्थानीय पालिकासम्मले ठोस कार्ययोजना बनाएर जानु पर्नेमा उनीहरुको जोड थियो ।
प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले गाउँघरमा गाईवस्तु पाल्ने क्रम घट्दै गएकाले वन जंगलमा इन्धन थुप्रीएका कारण वन डढेलोको जोखिम बढीरहेको बताउनु भयो । नेपालले भियतनाम देखि काठ आयात गरेको तर आफ्नै वनका बलिया काठहरु खेर गइरहेका तर्फ पनि ध्यान दिनुपर्ने उहाँको धारणा थियो । कार्यकारी प्रमुख भट्टले मस्यौदामाथि आएका सुझावहरुलाई समेटेर कार्ययोजना तयार गरी छिट्टै कार्यान्वयनमा ल्याउने जानकारी दिनु भयो ।
वन तथा भू-संरक्षण विभागका पूर्व महानिर्देशक विजय राज पौडेलले संशोधन गर्नु पर्ने विषय र कार्ययोजनाका मुख्य बुँदाहरु प्रस्तुत गर्नु भएको थियो ।
मस्यौदामाथि टिप्पणी गर्ने क्रममा फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले पर्याप्त साधन स्रोत र दक्ष जनशक्तिको अभावमा वन डढेलो नियन्त्रण गर्न कठीन भइरहेको बताउनु भयो । विभिन्न क्षेत्रबाट अनावश्यक दवाव आउदा डढेलो लगाउने व्यक्तिलाई कारवाही गर्न नसकिएको उहाँको गुनासो थियो । यसैगरी वन डढेलो विज्ञ सुन्दर प्रसाद शर्माले वन डढेलो हेर्ने एउटा छुट्टै निकाय हुनु पर्नेमा जोड दिनु भयो । त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक रमेशराज पन्तले दिगो लक्ष्यका १७ वटा लक्ष्यहरुमध्ये ९ वटामा वन डढेलोका विषय समावेश भएको भन्दै कार्ययोजना बनाउदै गर्दा यसलाई पनि हेर्नु पर्ने धारणा राख्नु भयो । यसैगरी सामुदायिक वन उपभोक्ता महासंघका बरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले डढेलो नियन्त्रणमा पहिलो भूमिका नै स्थानीय समुदायको हुने हुनाले समुदायलाई तालिम र साधन स्रोत उपलब्ध गराउनु पर्नेमा जोड दिनु भयो । सहभागीहरुले वन डढेलो व्यवस्थापन रणनीति निकै पुरानो भएकाले यसलाई समय सापेक्ष संशोधन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्राधिकरणका सहसचिवद्वय डा. भिष्म कुमार भूसाल र अर्जुन कुमार बम, नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्ण लगायतले पनि सुझाव राख्नु भएको थियो ।

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी

ई. दिनेश प्रसाद भट्ट
कार्यकारी प्रमुख
सम्पर्क : ०१-४२१११९७
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव (प्रा.)
राम बहादुर के.सी.
उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी
सम्पर्क : ९८५१३२०२६९/ ९८४९२८१०९७
: rambdr.kc90@gmail.com