समाचार
पुनर्निर्माण तथा पुनर्स्थापनालाई तिव्रता दिइने
Chai 26, 2081
चैत्र २५, काठमाडौं
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १७औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद्पश्चातको पुनर्निर्माण तथा पुनर्स्थापनालाई तीव्रता दिने निर्णय गरेको छ।
प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन आवश्यक बजेटको व्यवस्थापन गर्ने सम्बन्धमा छलफलसमेत गरेको छ।
बैठकले वन डढेलो र त्यसका कारणले सिर्जित वायु प्रदूषणको अवस्थालाई ध्यानमा राखी डढेलो रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक अभियानलगायतका कार्यक्रम संचालन गर्न गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ।
बैठकको सुरुवातमा २०८१ सालको मनसुनजन्य विपद्पश्चातको पुनर्निर्माण तथा पुनर्स्थापना योजनाको कार्यान्वयन अवस्थाबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले बैठकलाई जानकारी गराउनुभएको थियो।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीहरु, बागमती प्रदेश र कर्णाली प्रदेशका मुख्यमन्त्री क्रमश: बहादुर सिंह लामा (तामाङ) र यामलाल कडेलको उपस्थिति थियो।
त्यसैगरी, बैठकमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोक सिग्देलसहित सुरक्षा निकायका प्रमुखहरुलगायतको पनि उपस्थिति थियो।

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी

ई. दिनेशप्रसाद भट्ट
कार्यकारी प्रमुख
सम्पर्क : ०१-४२१११९७
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव (प्रा.)
राम बहादुर के.सी.
उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी
सम्पर्क : ९८५१३२०२६९/ ९८४९२८१०९७
: rambdr.kc90@gmail.com