समाचार
शुक्रबारको भूकम्पबाट आठ घाइते, केही घर चर्किए
Chai 23, 2081

शुक्रबार राति जाजरकोटको कुसे गाउँपालिकालाई केन्द्रबिन्दु बनाएर गएका दुईवटा भूकम्पका कारण आठ व्यक्ति घाइते भएका छन्।
प्राधिकरणका प्रवक्ता राम बहादुर केसीद्वारा जारी वक्तव्यअनुसार रुकुम (पश्चिम) मा २ जना र जाजरकोटमा ६ जना गरी कूल आठ जना घाइते भएका हुन्।
प्रवक्ता केसीका अनुसार जाजरकोटका ३ जना उपचार पश्चात् डिस्चार्ज भएका छन्। त्यस्तै, जाजरकोटका ३ जना तथा रुकुम (पश्चिम) का २ जना गरी ५ जनाको हाल स्थानीय तथा जिल्ला अस्पतालमा उपचार चलिरहेको छ। उपचारत ५ जनामध्ये ४ जनाको अवस्था सामान्य र १ जनाको अवस्था मध्यम रहेको छ। प्राधिकरणले भूकम्पमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
शुक्रबार राति ८:०७ बजे र लगत्तै ८:१० बजे क्रमश: ५.२ म्याग्निच्यूड र ५.५ म्याग्निच्यूडका दुई वटा भूकम्प गएका थिए। ती भूकम्पका धक्का जाजरकोट, रुकुम (पश्चिम), कालीकोट लगायतका जिल्लामा महसुस गरिएको विवरण प्राप्त भएका छन्।
ती जिल्लाका केही निजी आवास तथा सरकारी भवनहरुमा सामान्य चिरा परेको एवं भवनहरु चर्किएको छ।
अधिकांश व्यक्तिहरु बसिरहेका भवन संरचना भत्किएर भन्दा पनि भूकम्प आएको बेला आत्तिएर घरको छत वा अग्लो भागबाट हाम फाल्दा, असावधानीपूर्वक अत्तालिएर भाग्न खोज्दा घाइते भएकोले प्राधिकरणले नआत्तिएर सुरक्षित तरिकाले सावधानीपूर्वक बस्न, भूकम्प गएको बेला वरपरको स्थिति समेत विचार गर्दै सावधानीपूर्वक सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
प्राधिकरणका प्रवक्ता केसीले भवन संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी हुने गरी बनाउन एवं भूकम्पीय सुरक्षाको दृष्टिकोणबाट पालना गर्नुपर्ने नियमहरुको अनुशासनपूर्वक पालना गर्न सबैमा अनुरोध पनि गर्नुभएको छ।
जाजरकोट र रुकुम (पश्चिम)मा गत वर्षको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवास तथा सार्वजनिक संरचनाहरुको पुनर्निर्माणको प्रक्रिया अन्तर्गत विस्तृत क्षति आँकलन र अनुदान सम्झौता भइरहेको छ।

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी

ई. दिनेशप्रसाद भट्ट
कार्यकारी प्रमुख
सम्पर्क : ०१-४२१११९७
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव (प्रा.)
राम बहादुर के.सी.
उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी
सम्पर्क : ९८५१३२०२६९/ ९८४९२८१०९७
: rambdr.kc90@gmail.com