समाचार

जाजरकोट भूकम्पका लाभग्राहीलाई अनुदान वितरण सुरु

Chai 6, 2081

चैत्र ६
जाजरकोट भूकम्पबाट क्षति भएका घरको विस्तृत क्षति आँकलन सकिएका वडाबाट लाभग्राहीहरूलाई स्थायी आवास पुनर्निर्माण अनुदानको पहिलो किस्ता वितरण प्रारम्भ भएको छ।
विस्तृत क्षति आँकलनको कार्य सम्पन्न भएको रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका वडा नं. २ बाट अनुदान वितरण कार्य सुरु भएको हो। 
मंगलबार चौरजहारी नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले गरेको सिफारिसअनुसार सोही दिन जिल्ला विपद् व्यवस्थापन समिति रुकुम (पश्चिम)ले १० घरपरिवारलाई लाभग्राही कायम गर्ने निर्णय गरेको थियो। 
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार पुनर्निर्माण लाभग्राही कायम भएका १० घरपरिवारमध्ये आज चौरजहारी नगरपालिका वडा नं. २ स्थित विष्णुप्रसाद गौतम र शसिला रावतसँग वडा नं २ का वडाध्यक्ष वीरबहादुर रानाले अनुदान सम्झौता गर्नुभयो। 
अनुदान सम्झौतासँगै दुवै लाभग्राही परिवारलाई ५० हजार रुपैयाँका दरले पहिलो किस्ता भुक्तानी समेत भएको छ। 
विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ अनुसार लाभग्राहीले अनुदान रकम बैंक खातामार्फत् प्राप्त गर्नेछन्।

केपी शर्मा ओली

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक

माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

ई. दिनेशप्रसाद भट्ट

कार्यकारी प्रमुख

सम्पर्क : ०१-४२१११९७

रोशनी कुमारी श्रेष्ठ

सह सचिव

ई. अर्जुन कुमार बम

सह सचिव (प्रा.)

राम बहादुर के.सी.

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : ९८५१३२०२६९/ ९८४९२८१०९७

: rambdr.kc90@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4