समाचार
प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण
Fal 27, 2081

फागुन २७, धनगढी
गृहमन्त्री रमेश लेखकले सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्त्रण गर्नुभएको छ। गृहमन्त्री लेखकले धनगढी उपमहानगरपालिका–१३ स्थित धनगढी विमानस्थलमा रहेको गोदामघर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गर्नुभएको हो।
हस्तान्तरणपछि मन्तव्य राख्दै गृहमन्त्री लेखकले प्रादेशिक आपतकालीन गोदामघरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सामग्रीको खरिद तथा पुनर्भरणको जिम्मेवारी प्रदेशको रहेको बताउनुभयो। गृहमन्त्री लेखकले आपत्कालीन गोदामघर जिल्ला, पालिका हुँदै वडासम्म बनाउनुपर्ने आवश्यकतामाथि पनि जोड दिनुभयो।
गृहमन्त्री लेखकले काठमाडौंमा रहेको आपतकालीन गोदामघरलाई केन्द्रीय आपतकालीन गोदामघरको रुपमा विकास गर्ने योजना रहेको पनि उल्लेख गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले संघीय सरकारले गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरेर अत्यन्त सह्रानीय कार्य गरेको उल्लेख गर्दै यो पनि सङ्घीयता कार्यान्वयनको एक पाटो रहेको उल्लेख गर्नुभयो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.भीष्मकुमार भूसालले आपतकालीन गोदाघर संचालन कार्यविधि (https://bipad.gov.np/np/1426) तयार भएको जानकारी दिंदै कार्यविधिले सबै तहमा आपत्कालीन गोदामघरको परिकल्पना गरेको बताउनुभयो।
यसअघि, गृहमन्त्री लेखकले आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको गोदामघर कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेललाई हस्तान्तरण गर्नुभएको थियो।

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी

ई. दिनेशप्रसाद भट्ट
कार्यकारी प्रमुख
सम्पर्क : ०१-४२१११९७
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव (प्रा.)

डा. डिजन भट्टराई
उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी
सम्पर्क : ९८५१३२०२६९
: drdijanbhattarai@gmail.com