समाचार

तीन जिल्लामा पुनर्निर्माण तथा पुनर्स्थापना कार्यान्वयन इकाई

Fal 25, 2081

फागुन २५, काठमाडौं
भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यको समन्वय तथा सहजीकरण गरी कार्यान्वनलाई तीव्रता दिन पश्चिम नेपालका तीन जिल्लामा आयोजना कार्यान्वयन इकाई स्थापना भएका छन्। 
गृहमन्त्री रमेश लेखकले जाजरकोट, अछाम र बझाङमा स्थापना गरिएका 'जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई' को उद्घाटन गर्नुभएको हो।   
गृहमन्त्री लेखकले आइतबार जाजरकोटको भेरी नगरपालिका-१ रिम्नामा स्थापना गरिएको आयोजना कार्यान्वयन इकाईको उद्घाटन गर्नुभयो। यसअघि, गृहमन्त्री लेखकले फागुन २४ गते अछाममा स्थापित कार्यालयको र फागुन २३ गते बझाङस्थित कार्यान्वयन इकाईको उद्घाटन गर्नुभएको थियो।  
ती आयोजना कार्यान्वयन इकाईहरुको उद्घाटन पश्चात मन्तव्य राख्दै मन्त्री लेखकले यी कार्यालयबाट भूकम्पपछिको पुनर्निर्माण, पुनर्स्थापना र प्रबलीकरण कार्यलाई तीव्रता दिई समयमै सम्पन्न गर्न सहज हुने धारणा राख्नुभयो। 
गृहमन्त्री लेखकले भन्नुभयो, ‘पुनर्निर्माणका लागि आवश्यक नियमावली, मापदण्ड र कार्यविधिसँगै आवश्यक बजेट व्यवस्था गरेपछि पुनर्निर्माणको कामलाई तीव्रता दिन जिल्लामै कार्यालय स्थापना गरिएको छ ।’
आयोजना कार्यान्वनय इकाईहरुको उद्घाटनका अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्याकारी प्रमुख डा.भीष्मकुमार भूसालको पनि उपस्थिति थियो।
जाजरकोटस्थित कार्यालयले जाजरकोट, रुकुम पश्चिम, सल्यानलगायतका भूकम्प प्रभावित जिल्लाका निजी आवासहरुको पुनर्निर्माण, प्रबलीकरण तथा पुनर्स्थापनाको सहजीकरण गर्नेछ। 
त्यसैगरी, अछामको कार्यालयले उक्त जिल्लासहित बाजुरा र डोटी एवं बझाङ जिल्लास्थित कार्यालय डडेल्धुरासमेतको सहजीकरण गर्नेछ।

केपी शर्मा ओली

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक

माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

ई. दिनेशप्रसाद भट्ट

कार्यकारी प्रमुख

सम्पर्क : ०१-४२१११९७

रोशनी कुमारी श्रेष्ठ

सह सचिव

ई. अर्जुन कुमार बम

सह सचिव (प्रा.)

डा. डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : ९८५१३२०२६९

: drdijanbhattarai@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4