समाचार

आपतकालीन गोदामघर कर्णाली प्रदेशलाई हस्तान्तरण

Fal 25, 2081

फागुन २५, सुर्खेत

गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको आपतकालीन गोदामघर कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्नुभएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष समेत रहनुभएका मन्त्री लेखकले आज बिहान आयोजित एक औपचारिक कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई गोदामघर हस्तान्तरण गर्नुभयो।

संघीय सरकार मातहत रहेका आपत्कालीन गोदामघर प्रदेशलाई हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत मन्त्री लेखकले वीरेन्द्रनगरस्थित गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गर्नुभएको हो। यस्ता आपत्कालीन गोदामघरमा विपद् पूर्वतयारीका साथै खोज तथा उद्धार एवं राहत सामग्री भण्डारण तथा प्याकेजिङ गर्न सकिन्छ।

गोदामघर हस्तान्तरणपछि संक्षिप्त मन्तव्य राख्दै गृहमन्त्री लेखकले गोदाम घर हस्तान्तरण पनि संघीयता कार्यान्वयनतर्फ एक पाइला भएको बताउनुभयो। 

मन्त्री लेखकले भूकम्पले क्षति पुर्याएका कर्णाली र सुदूरपश्चिमका निजी आवासलगायतका संरचनाको पुनर्निर्माणको काम सुरु भएको उल्लेख गर्दै त्यसका लागि बझाङ र अछाममा पुनर्निर्माण इकाई कार्यालय स्थापना गरिएको जानकारी समेत दिनुभयो।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले गोदामघर संरचना हस्तान्तरणका लागि संघ सरकारलाई धन्यवाद दिंदै यसबाट विपद् जोखिम न्यूनीकरणका साथै व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.भीष्मकुमार भूसालले नागरिकलाई आपत परेका बेला तत्काल उद्वार गर्ने मुख्य योजनाअनुसार गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

आपत्कालीन गोदामघर संचालन कार्यविधि, २०८१ का लागि - https://bipad.gov.np/np/1426

केपी शर्मा ओली

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक

माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

ई. दिनेशप्रसाद भट्ट

कार्यकारी प्रमुख

सम्पर्क : ०१-४२१११९७

रोशनी कुमारी श्रेष्ठ

सह सचिव

ई. अर्जुन कुमार बम

सह सचिव (प्रा.)

डा. डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : ९८५१३२०२६९

: drdijanbhattarai@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4