समाचार

डडेल्धुराका भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान वितरण सुरु

Fal 25, 2081

फागुन २३, काठमाडौं

गृहमन्त्री रमेश लेखकले डोटी भूकम्पबाट निजी आवास गुमाएका डडेल्धुराका लाभग्राहीलाई आवास पुनर्निर्माण तथा प्रबलीकरण अनुदान वितरण हस्तान्तरण कार्यक्रमको थालनी गर्नुभएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष समेत रहनुभएका मन्त्री लेखकले फागुन २२ गते जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा आयोजित एक कार्यक्रममा अमरगढी नगरपालिका-३ का प्रकाशराज उप्रेतीलाई पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गर्नुभएको हो।

२०७९ कार्तिक २२ गते डोटी केन्द्र भई गएको भूकम्पबाट डडेल्धुराका निजी घरहरूमा पनि क्षति पुगेको थियो ।

अनुदान रकम हस्तान्तरणपछि मन्तव्य राख्दै मन्त्री लेखकले सात महिनाको अवधिमा पुनर्निर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर कार्य आरम्भ गरिएको उल्लख गर्नुभयो।

गृहमन्त्री लेखकले भन्नुभयो, “अब इकाई कार्यालयहरु नै स्थापना गरेर भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढ्ने तयारीका साथ यहाँ आएका हौं।”

मन्त्री लेखकले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरुको पनि विस्तृत क्षति आँकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटिसकेको जानकारी दिंदै लाभग्राही छनौटलगायतमा स्थानीय सरकारको अहम भूमिका रहने बताउनुभयो।

कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भूसालको पनि उपस्थिति थियो।

केपी शर्मा ओली

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक

माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

ई. दिनेशप्रसाद भट्ट

कार्यकारी प्रमुख

सम्पर्क : ०१-४२१११९७

रोशनी कुमारी श्रेष्ठ

सह सचिव

ई. अर्जुन कुमार बम

सह सचिव (प्रा.)

डा. डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : ९८५१३२०२६९

: drdijanbhattarai@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4