समाचार
अब पुनर्निर्माण र पुनर्स्थापनाको काम द्रूत गतिले अगाडि बढ्छ
Fal 15, 2081
फागुन १५, काठमाडौं
गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालको भूकम्पले क्षति पुर्याएका निजी घरहरुको पुनर्निर्माण र पुनर्स्थापनाको काम द्रुत गतिले अगाडि बढ्ने बताउनु भएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औं बैठकका निर्णयहरुबारे पत्रकारलाई जानकारी दिने क्रममा गृहमन्त्री लेखकले यसका लागि आवश्यक नियमावली र मापदण्ड बनिसकेको बताउनु भयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था समेतको सहकार्यमा अहिले प्राविधिकहरुको टोलीले सम्बन्धित जिल्लामा विस्तृत क्षति आंकलनको काम गरिरहेको जानकारी दिनुभयो । विस्तृत क्षति आंकलनका काम सकिएका ठाउँहरुमा पुनर्निर्माणको काम सुरु गरिने र यी कामका लागि जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाई सम्बन्धित जिल्लामा यही महिनाभित्र स्थापना गरिने उहाँको भनाई थियो ।
गृहमन्त्रीको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले पश्चिम नेपाल भूकम्पबाट क्षति पुगेका निजी आवासको विस्तृत क्षति आंकलन (DDA) र पुनर्लाभ कार्यक्रमका लागि थप जनशक्ति तथा कार्यालय व्यवस्थापनको आवश्यक बजेट स्वीकृत गरेको छ । यसैगरी बैठकले विपद् व्यवस्थापनका विभिन्न विषयगत क्षेत्रमा स्यवंसेवक संगठित गरी क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले तयार पारिएको ‘स्वयंसेवक परिचालन तालिम पाठ्यक्रम, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ । विपद् स्वयंसेवकका लागि तालिम प्रदान गर्ने सबै सरकारी तथा गैरसरकारी निकायबाट सोही बमोजिम तालिम गर्ने व्यवस्था मिलाउन प्राधिकरणलाई बैठकले निर्देशन पनि दिएको छ । यस वर्षको मनसुनका समयमा विपदमा परेका व्यक्तिहरुको हवाई उद्धारमा लागेको हवाई भाडा विपद् व्यवस्थापन कोषबाट भुक्तानी गर्न बैठकले स्वीकृति प्रदान गरेको छ ।

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी

ई. दिनेशप्रसाद भट्ट
कार्यकारी प्रमुख
सम्पर्क : ०१-४२१११९७
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव (प्रा.)

डा. डिजन भट्टराई
उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी
सम्पर्क : ९८५१३२०२६९
: drdijanbhattarai@gmail.com