समाचार

भूकम्पबाट क्षति पुगेका निजी घरहरुको विस्तृत क्षति आंकलन सुरु

Fal 4, 2081

फागुन ४, काठमाडौं

पश्चिम नेपाल भूकम्पबाट क्षति भएका निजी घरहरुको पुनर्निर्माणका लागि विस्तृत क्षति आंकलन (DDA) गर्न प्राविधिक सहितको टोली जाजरकोट र रुकुम पश्चिम पुगेको छ ।

प्राधिकरणका उपसचिव वेदनिधि खनाल, सुदीप विक्रम भट्ट र रामबहादुर केसी सहितको टोलीले आज जाजरकोट पुगेर त्यहाँका स्थानीय पालिका, सहरी विकास मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट खटिएका इन्जिनियरहरुलाई तालिम दिएको छ । उनीहरु पर्सिदेखि फिल्डमा खटिनेछन् । यसैगरी रुकुम पश्चिममा पर्सि र निपर्सि तालिम सम्पन्न गरी टोली फिल्डमा खटिनेछ । यसपछि रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा तालिम सम्पन्न गरी अर्को टोली त्यहाँको विस्तृत क्षति आंकलन गर्न खटिने उपसचिव भट्टले जानकारी दिनुभयो । पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थानको प्राविधिक टोलीले पनि आजदेखि जाजरकोटको भेरी नगरपालिका र नलगाढ नगरपालिकाका विभिन्न वडाहरुमा विस्तृत क्षति आंकलन सुरु गरिसकेको छ ।

केपी शर्मा ओली

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक

माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

ई. दिनेशप्रसाद भट्ट

कार्यकारी प्रमुख

सम्पर्क : ०१-४२१११९७

रोशनी कुमारी श्रेष्ठ

सह सचिव

ई. अर्जुन कुमार बम

सह सचिव (प्रा.)

डा. डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : ९८५१३२०२६९

: drdijanbhattarai@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4