समाचार
भूकम्प सुरक्षा दिवसको यस वर्षको नारा 'भूकम्पले सिकाएको पाठ: बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ'
Pou 9, 2081

२७ औं भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम कीर्तिपुर नगरपालिकामा हुने भएको छ। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको मूल समारोह समितिको बैठकले माघ २ गते हुने मूल कार्यक्रम स्थल र नारा तय गरेको हो।
बैठकले यस वर्षको मूल नारा 'भूकम्पले सिकाएको पाठ: बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ' तय गरेको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, गृह सचिव गोकर्णमणि दुवाडी लगायतको उपस्थिति थियो।
त्यसैगरि, नेपाली सेनाका रथी, नेपाल प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, कीर्तिपुरसहित उपत्यकाका नगरपालिकाका प्रमुखलगायतको सहभागिता थियो। त्यसैगरि, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको पनि उपस्थिति थियो।
बैठकमा संक्षिप्त मन्तव्य राख्दै मन्त्री लेखकले भूकम्पीय जोखिमबाट जोगिन सचेतना र पूर्वतयारीलाई केन्द्रमा राखी सुरक्षा दिवसलाई देशव्यापी रुपमा आयोजना गरिने बताउनुभयो।
मूल कार्यक्रम आयोजना गर्ने अवसर पाएको कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले मूल कार्यक्रमलाई सफलतापूर्वक आयोजना गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो।
बैठकले सुरक्षा दिवसका अवसरमा देशव्यापी रुपमा सचेतना एवं पूर्वतयारीका कार्यक्रमहरु आयोजना गर्न प्रदेश, स्थानीय तह एवं नागरिक संघसंस्थाहरुलाई आग्रह पनि गरेको छ।

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी

डा. भीष्मकुमार भूसाल
कार्यकारी प्रमुख
रामबन्धु सुवेदी
सह सचिव
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव (प्रा.)