समाचार
भूकम्प प्रभावित स्थानमा त्रिपाल र कम्बल पठाइयो
Pou 7, 2081

शनिबार बिहान बाजुरामा गएको भूकम्पबाट प्रभावित प्रभावित नागरिकहरुका लागि त्रिपाल र कम्बल पठाइएको छ। जिल्ला प्रशासन कार्यालय, बाजुराका अनुसार ५० थान त्रिपाल र ५० थान कम्बल पठाइएको हो।
बाजुराका निमित्त प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार पुस ६ गते बिहान ४:१४ बजे बाजुराको जगन्नाथ गाउँपालिका-५ गोत्री आसपास केन्द्रविन्दु बनाएर गएको ५.२ म्याग्निच्युडको भूकम्पले उक्त वडाका तल्लो गोत्री र माथिल्लो गोत्रीमा गरी २३ वटा घर चर्किएका छन्।
यसका अलवा, बुढीनन्दा नगरपालिका-४ तल्लावाडा निवासी जनक बोहराको २ तले कच्ची घर पूर्ण रुपमा क्षति भएका छन् भने सो नगरपालिकाका आठवटा घरमा आंशिक क्षति पुगेको छ।
त्यसैगरि, स्वामीकार्तिक खापर गाउँपालिकामा चारवटा घरमा आंशिक क्षति पुगेको छ भने त्रिवेणी नगरपालिका-५ किम्नीस्थित जनज्योति आधारभूत विद्यालयको जस्ताले छाएको तीन कोठे भवनको भित्ता भत्किएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भूकम्पबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ।

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी

डा. भीष्मकुमार भूसाल
कार्यकारी प्रमुख
रामबन्धु सुवेदी
सह सचिव
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव (प्रा.)