समाचार
आगलागी नियन्त्रणका लागि समन्वयमा जोड
Ash 2, 2081
काठमाडौं, असार २
वन डढेलो, गाउँ, सहर र औद्योगिक क्षेत्रमा हुने आगलागीका कारण र नियन्त्रणका उपायबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक कार्यक्रमको आयोजना गरी सरोकारवाला निकायका प्रतिधिनिहरुसँग छलफल गरेको छ।
यस्ता आगलागी नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय र तीनै तहका सरकारबीच समन्वय गरेर अगाडि बढ्नु पर्ने ती निकायका प्रतिनिधिहरुले औंल्याएका छन्।
प्रदेश स्तरमा आगलागीबाट सिर्जित विपद् जोखिम न्यूनीकरणको प्रमाणीकरण सम्बन्धी प्राधिकरणले अध्ययन गरिरहेको छ। अध्ययन अनुसार गएको वर्ष सन् २०२३ मा ४ हजार ३६ आगलागीका घटना भएका थिए। तीमध्ये विद्युत सर्ट सर्किटका कारण सबैभन्दा धेरै (१६ प्रतिशत) आगलागी भएको भएको थियो।
वन डढेलो (११ प्रतिशत) दोस्रो ठूलो संख्या रहेको छ भने घरायसी कामकाजका कारण हुने आगलागी (१० प्रतिशत) तेस्रो कारण रहेको छ । आगलागीका कारण ११६ जनाको मृत्यु भएको थियो भने ४८३ जना घाइते भएका थिए।
अध्ययनले यस्ता आगलागी न्यूनीकरण र नियन्त्रणका लागि अल्पकालीन (१ वर्षभित्र गर्नु पर्ने), मध्यकालीन (२-३ वर्षभित्र गर्नु पर्ने) र दीर्घकालीन (४-५ वर्षभित्र गर्नु पर्ने) सुझावहरु पनि दिएको छ।
केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष
रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी
अनिल पोखरेल
कार्यकारी प्रमुख
वसन्त अधिकारी
सह सचिव
सम्पर्क : 9841222883
: badhikari296@gmail.com
ई. अर्जुन कुमार बम
सह सचिव(प्रा.)
डा. डिजन भट्टराई
उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी
सम्पर्क : ९८५१३२०२६९
: dijansmita@gmail.com