समाचार

मनसुनजन्य प्रतिकार्यका लागि कमाण्ड पोष्ट

Jes 23, 2081

काठमाडौं, जेठ २२

मनुसन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले मनसुनजन्य विपद्का घटनालगत्तै प्रतिकार्यका लागि तत्कालै सम्बन्धित निकायका सम्वद्ध पदाधिकारीहरूलाई जानकारी गराइ प्रतिकार्यको कार्य गर्ने, गराउने भएको छ ।

यही जेठ २१ गते माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी एवं प्रतिकार्य कमाण्ड पोष्ट गठन गरेको हो ।

गृह मन्त्रालय, विपद् तथा द्धन्द्ध व्यवस्थापन महाशाखा सहसचिव डा. भीष्मकुमार भुषालको संयोजकत्वको गठित पोष्टमा १२ वटा निकायको उच्चस्तरीय प्रतिनिधित्व छ ।

पोष्टमा देहाय बमोजिमका निकायका पदाधिकारीहरू सदस्य रहनेछन्:

प्रतिनिधि (सहसचिवस्तर), सञ्चार तथा सूचना प्रविधि मन्त्रालय                   

प्रतिनिधि (सहसचिवस्तर), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय                    

प्रतिनिधि (सहसचिवस्तर), राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

महानिर्देशक, जलस्रोत तथा सिँचाई विभाग                                                            

महानिर्देशक, जल तथा मौसम विज्ञान विभाग                                                       

महानिर्देशक, सडक विभाग                                                                                   

महानिर्देशक, खानी तथा भूगर्भ विभाग                                     

सहायक रथी, नेपाली सेना, विपद् व्यवस्थापन हेर्ने प्रमुख                        

प्रहरी नायव महानिरीक्षक, नेपाल प्रहरी, विपद् व्यवस्थापन हेर्ने                 

सशस्त्र प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन हेर्ने      

अनुसन्धान निर्देशक, राष्ट्रिय अनुसन्धान विभाग, विपद् व्यवस्थापन हेर्ने प्रमुख      

 

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा  प्रमुख यस पोष्टको सदस्य सचिव रहनेछन् ।

 

मनसून पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टका देहाय बमोजिमका कार्यहरु गर्नेछ:

क) हप्तादिन, तीन दिन र एकदिन अगाडिको मौसम पूर्वानुमानको जानकारी लिई जोखिमको आँकलन गरी प्रभावका आधारमा पूर्वतयारी र प्रतिकार्यको योजनाको प्रभावकारी कार्यान्वयन गर्ने।

ख) सञ्चारका विभिन्न माध्यमहरूबाट विभिन्न भाषामा सम्भावित जोखिमहरूबारे तत्कालै सूचनाहरू प्रवाह गर्ने ।

ग) देशभरिका विपद्का घटनाको नियमित रुपमा जानकारी लिने र प्रतिकार्यका लागि तत्कालै सम्बन्धित निकायका सम्वद्ध पदाधिकारीहरूलाई जानकारी गराइ प्रतिकार्यको कार्य गर्ने, गराउने ।

घ) माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री, श्रीमान् सचिव तथा अन्य सम्वद्ध पदाधिकारीलाई घटनाको जानकारी गराउने र आवश्यकता अनुसार निर्देशन लिई प्रतिकार्य गर्ने ।

ङ)  PEOC, DEOC र LEOC सँग नियमित सम्पर्कमा रहने र आवश्यकता अनुसार परिचालन गर्ने ।

च) आवश्यकता अनुसार प्रतिकार्यका लागि अन्तरमन्त्रालय तथा सम्वद्ध निकायसँग समन्वय गर्ने।

छ) विपद् सम्वद्ध जनताका गुनासाहरूलाई एकै स्थानबाट सम्बोधन गर्ने गरी One Stop Center  का रुपमा केन्द्रमा कार्य गर्ने ।

ज) देशभरिका विभिन्न गोदामहरूमा रहेका खोज तथा उद्दारका सामाग्रीहरूको विवरणलाई तत्कालै अद्यावधिक गरी विपद् पोर्टलको Godam inventory  मा प्रविष्टि गर्ने गराउने।

झ) मनसुनको सुरुआत भएको घोषणा भएपश्चात मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको आवश्यकता बमोजिम नियमित बैठक बस्नु पर्ने।

केपी शर्मा ओली

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक

माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

रामबन्धु सुवेदी

सह सचिव

सम्पर्क : ९८४१५८४८२९

ई. अर्जुन कुमार बम

सह सचिव(प्रा.)

डा. डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : ९८५१३२०२६९

: dijansmita@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4