समाचार

‘लू’बाट नागरिकलाई जोगाउन कार्ययोजना, मातहतका निकायमा परिपत्र

Jes 9, 2081

काठमाडौं,  जेठ ८

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तातो हावाको लहर 'लू' (Heat Wave) बाट बच्ने उपाय सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्ययोजना तयार गरी कार्यान्वयनका लागि यसको जोखिम रहेका तराई-मधेशका १८ र भित्री मधेशका ७ गरी २५ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ ।

१७ प्रकारका क्रियाकलाप समेटिएको कार्ययोजनामा उक्त क्रियाकलाप कार्यान्वयन गर्ने जिम्मेवार निकाय र सहयोगी निकाय पनि उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्ष रहने प्रावधान छ ।

प्राधिकरणले कार्ययोजनाका साथमा लू का लक्षण, लू लागेमा गर्नुपर्ने उपचारात्मक र निधानात्मक उपाय एवं गर्न नहुने कार्यहरु समेटिएको सामग्री पनि सम्प्रेषण गरेको छ । प्राधिकरणले लू को जोखिम रहेका सबै पालिका, यस क्षेत्रमा काम गर्ने मानवीय संघसंस्थालाई समेत कार्ययोजना अनुसार भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्फत प्रकाशन र प्रसारण गर्न, उपयुक्त सन्देशको उत्पादन र प्रसारणमा स्थानीय एफएम र टेलिभिजनसँग सहकार्य गर्न, रेडियो, टेलिभिजनको सामाजिक सञ्जाल वा अनलाइनमार्फत पनि प्रचारप्रसारमा जोड दिन भनिएको छ ।

सन्देश बनाउँदा स्थानीय भाषा, स्थानीय कलाकार, स्थानीय लवज, स्थानीय पहिरन तथा आधिकारिक निकायका व्यक्तिलाई प्रयोग गर्न पनि भनिएको छ । 

एउटा सन्देश रेडियोको हकमा एक मिनेट र भिडियो हो भने दुई मिनेटभन्दा लामो नबनाउन, स्थानीय परिवेशअनुसार महत्त्वपूर्ण लागेका सन्देश धेरै जनालाई माध्यम बनाएर उत्पादन र प्रसारण गर्न, विपद् व्यवस्थापनमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाको सहायता लिएर उनीहरु स्वयंको सामाजिक सञ्जाल र प्रसारण माध्यमबाट पनि प्रचारप्रसार गर्न लगाउन पनि भरिएको छ ।

प्राधिकरणले जेठ ३ गते लूबाट हुनसक्ने जोखिम कम गर्ने विषयमा विपद् संवाद आयोजना गरेको थियो, जसमा धारणा राख्दै सरोकारवाला एवं विज्ञहरुले स्थानीय तहहरुको तदारुकता र समुदायले अभ्यास गर्दै आएका घरेलु विधिहरुको प्रबर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

लू’ र यसबाट बच्ने उपाय

गर्मी मौसममा असामान्य रुपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ । यो खासगरी देशको तराई क्षेत्रमा धेरै गर्मीको दिन तातो हावाको लहर ‘लू’ चल्न सक्छ । यसले स्वास्थ्यमा असर गर्छ । कहिलेकाहीँ मृत्युसमेत हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

शरीरमा कस्तो असर देखिन सक्छ ?

चिकित्सकका अनुसार थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुखे, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने । हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने हुन्छ । यस्तै मुटुको धड्कन बढ्ने, छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहेँलो हुने, श्वास फेर्न गाह्रो हुने र रक्तचाप हुने हुन्छ । 

एक सय चार डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण देखिने र पछि बिरामीको ज्यानसमेत जान सक्ने हुन्छ  । 

लू लागेमा के गर्ने ?

लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिनुपर्ने हुन्छ । बिरामी होसमा भएमा पानी वा झोलिलो खानेकुरा दिने  तर कफी, चिनीको मात्रा धेरै भएको पेय पदार्थ, जाँड रक्सी नदिने, पङ्खाले हम्कने, भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिने गर्नुपर्छ । यस्तै बिरामीलाई गाह्रो भएजस्तो लागेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजान भनिएको छ ।

आफू र अरुलाई कसरी जोगाउने ?

चर्को घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने, खेतबारी वा बाहिरको काम बिहान वा दिउँसो ४ बजेपछि मात्रै गर्ने, चर्को घाममा नहिँड्ने वा काम गर्ने परे शीतल हुनेगरी बेलाबेला आराम गर्ने, प्रशस्त मात्रामा पानी पिउने, धेरै चिनी नहालेको सर्वत, कागती पानी र फलफूल खाने, धेरै पसिना आएमा जीवनजल पिउने गर्नुपर्छ । 

पत्रु खाना (जङ्कफुड) नखाने, घरमै बनाएको ताजा खानेकुरा खाने, घरमा शीतल हुनेगरी पर्दा, पङ्खा, सिलिङ र झ्यालढोकाको प्रबन्ध गर्ने गर्नुपर्छ । यस्तै आफ्ना छोराछोरीलाई माथि भनिएका उपाय अपनाउन लगाउने,  दिउँसोको चर्को घामम खेल्न जान नदिने, लूका कारण गाह्रो भएमा तुरुन्तै नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, ज्येष्ठ नागरिक र मुटु, फोक्सो, मिर्गौला रोग भएकालाई लूले छिटो असर गर्ने भएकाले उनीहरुलाई माथि भनिएका जोगिने उपाय सिकाउनुपर्छ ।

केपी शर्मा ओली

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक

माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

वसन्त अधिकारी

सह सचिव

सम्पर्क : 9841222883

: badhikari296@gmail.com

ई. अर्जुन कुमार बम

सह सचिव(प्रा.)

डा. डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : ९८५१३२०२६९

: dijansmita@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4