समाचार

'विपद जोखिम न्यूनीकरणका लागि सचेत प्रयत्न आवश्यक'

Mag 26, 2080

माघ २५, काठमाडौं

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि सचेत प्रयत्न गर्न आवश्यक रहेको बताउनु भएको छ ।

बर्दिबास नगरपालिकालाई खोज तथा उद्धार उपकरण तथा सामग्री हस्तान्तरण गरेपछि संक्षिप्त मन्तव्य राख्नु हुँदै मन्त्री श्रेष्ठले विपद् जोखिमका घटना भइसकेपछि व्यवस्थापनमा मात्र ध्यान दिने प्रवृत्तले आजको आवश्कयतासँग मेल नखाने बताउनुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, 'स्थानीय तहलगायत सबै तहका सरकारहरुले विपद् जोखिम न्यूनीकरणलाई प्राथमिक एजेण्डा बनाउँदै सोहीअनुसार गम्भीरतापूर्वक पूर्वतयारीको योजना बनाउन आवश्यक छ ।'  

मन्त्री श्रेष्ठले विपद्का घटना भइहाले कसरी व्यवस्थापन गर्ने भनेर पनि स्थानीय तहले पहिल्यै योजना बनाउन सुझाव दिनुभयो ।

मन्त्री श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा उपलब्ध गराइएको विपद् व्यवस्थापन सम्बन्धी सामग्री बर्दिवास नगरपालिकाका प्रमुख प्रहलाद कुमार क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा उपस्थित प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणले स्थानीय तहलाई सबल बनाउन सहयोग गर्ने नीतिअनुसार खोज तथा उद्धारका सामग्री उपलबध गराइएको उल्लेख गर्नुभयो ।

कार्यकारी प्रमुख पोखरेलले बर्दिबासमा विसं १९९० को भूकम्पबाट दरार उत्पन्न भएको क्षेत्र रहेको जानकारी दिंदै त्यसलाई भूकम्पीय जोखिम सम्बन्धी अध्ययनको क्षेत्रका रुपमा स्थापित गर्न सकिने पनि बताउनुभयो ।

बर्दिवास नगरपालिकाका प्रमुख प्रहलाद कुमार क्षेत्रीले बर्दिबास नगरपालिकामा उत्पन्न हुनसङ्कने विपद्का घटनाबाट हुनेसक्ने क्षति कम गर्न प्राधिकरणबाट प्राप्त उपकरण तथा सामग्रीहरु सहयोगी हुने धारणा बताउनुभयो ।

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851320269

: dijansmita@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4