समाचार
जनधनको क्षति कम गर्न पूर्वानुमानमा आधारित कार्यमा जोड
Bai 28, 2080

काठमाडौं, बैशाख २८
विपद् जोखिम न्यूनीकरण समबन्धी निकायका प्रमुख एवं विज्ञहरुले मानिसको जीवन र धनसम्पत्ति जोगाउन पूर्वानुमानमा आधारित कार्यमा जोड दिनुभएको छ ।
विपद् जोखिम न्यूनीकरणका लागि पूर्वानुमानमा आधारित कार्य (Anticipatory Action) सम्बन्धी दोस्रो राष्ट्रिय बहसको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले यस्तो धारणा राख्नुभएको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का विज्ञ सदस्य डा. गंगालाल तुलाधरले विपद् व्यवस्थापनका समग्र कार्यहरु गर्न लागि विज्ञानका आधारित तथ्यहरु महत्वपूर्ण हुने र पूर्वानुमानमा आधारित कार्यले यस्तो उद्देश्यका लागि सहयोग गर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले विज्ञानबाट प्राप्त तथ्यहरुलाई सबैले बुझने भाषामा रुपान्तरण गर्नुपर्ने र ती सामग्री समुदायसम्म लैजान संचारमाध्यमको उल्लेखनीय भूमिका हुने बताउनुभयो ।
कार्यक्रमलाई अगाडि बढाउन सहज हुनेगरी प्राधिकरणका उपसचिव एवं राजेन्द्र शर्माले पूर्वानुमानमा आधारित कार्यलाई नेपालमा स्थानीय स्तरसम्म लैजान भएका प्रयासहरुबारे जानकारी दिनुभयो । बहसमा सहभागी सबै अतिथि एवं सहभागीलाई प्राधिकरणका उपसचिव हिरादेवी पौडेलले स्वागत गर्नुभयो ।
उद्घाटन सत्रपछि आज चारवटा प्रस्तुतीकरण र प्यानल छलफल भएका छन् । पहिलो चरणमा बाढी तथा स्वास्थ्यसँग सम्बन्धित प्रकोपहरुबाट हुने क्षति कम गर्ने सम्बन्धमा छलफल भएको छ ।
त्यसैगरि, अपरान्ह भएका सत्रहरुमा पहिरोको जोखिम तथा लु एवं शीतलहरबाट जनधनको क्षति कम गर्न पूर्वानुमानमा आधारित कार्यहरुबारे प्रस्तुतीकरण र प्यानल छलफल गरिएको छ ।
'समुदायका लागि गरिने कार्यमा विज्ञान र नीतिलाई जोड्ने' विषयवस्तुसहित सुरु भएको बहस शुक्रबारसम्म चल्नेछ ।
शुक्रबार पूर्वानुमानमा आधारित कार्यका लागि प्रभावकारी संचार, पूर्वानुमानमा आधारित कार्यका लागि राष्ट्रिय सूचना प्रणाली, विपद् संवेदनशील सामाजिक सुरक्षा एवं विपद् जोखिम वित्तीयतामाथि छलफल हुनेछ ।
पूर्वानुमानमा आधारित कार्यहरुको कार्यन्यनबाट प्राप्त सिकाइ तथा अनुभवहरु आदानप्रदान गर्ने समुदायलाई त्यसबारे सूचित गर्ने उपायहरबारे छलफल गर्ने उद्देश्यले बहसको आयोजना गरिएको हो ।
कार्यक्रमको आयोजना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई मानवीय क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरु एवं विकास साझेदारहरुको सहयोगले सहयोग गरेका हुन् ।

केपी शर्मा ओली
सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रमेश लेखक
माननीय गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष
पदाधिकारी

ई. दिनेशप्रसाद भट्ट
कार्यकारी प्रमुख
सम्पर्क : ०१-४२१११९७
रोशनी कुमारी श्रेष्ठ
सह सचिव
ई. अर्जुन कुमार बम
सह सचिव (प्रा.)
राम बहादुर के.सी.
उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी
सम्पर्क : ९८५१३२०२६९/ ९८४९२८१०९७
: rambdr.kc90@gmail.com