समाचार

गोरखा भूकम्पको केन्द्रबिन्दु वारपाकमा स्मृति सभा

Bai 12, 2080

काठमाडौँ, वैशाख १२

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शहरी विकासमन्त्री सीता गुरुङको उपस्थितिमा गोरखाको बारपाकमा आठौँ भूकम्प स्मृति दिवस मनाइएको छ ।

२०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गोरखाको वारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युटको भूकम्प गएको थियो ।

निर्माण हुँदै गरेको भूकम्प स्मृति पार्क परिसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले भूकम्पको स्मरण गर्नुको अर्थ भविष्यमा आउनसक्ने विपद्बाट जोगिने उपायका विषयमा मन्थन गर्ने, भूकम्प लगायतका बहुप्रकोप प्रतिरोधी संरचना र पूर्वाधार निर्माणको सङ्कल्प गर्नुपर्ने रहेको बताउनुभयो । 

उपप्रधानमन्त्री एबं गृहमन्त्री श्रेष्ठले भन्नुभयो, 'विपद् जोखिमलाई पूरै शुन्यमा झार्न सक्दैनौं । त्यसका आफ्नै प्राकृतिक नियमहरु छन् । तर, हामीले त्यसको जोखिमलाई कसरी कम भन्दा कम गर्ने, त्यसको असरबाट कमभन्दा कम क्षति हुने अवस्था कसरी बनाउने, विपद्का घटना घटेमा हामीले तुरुन्तै क्षति कम गर्नेगरी व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा भने मानवीय सचेत प्रयत्न गर्न सक्छौं । र, गर्नुपर्छ ।'  

शहरी विकास मन्त्री गुरुङले भूकम्प स्मृति पार्कलगायत शहरी विकास मन्त्रालयमा हस्तान्तरण भएर आएका पुननिर्माणका बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री गुरुङले पार्कमा रहेको स्मृति स्तम्भमा भूकम्पमा प्रभावित नागरिकको अभिलेख राखिने पनि जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्ट र उपाध्यक्ष सनमायाँ गुरुङले वारपाकमा बनिरहेको भूकम्प स्मृति पार्क निर्माण लगायत केही अपुरा काम पूरा गरी बाटो, विजुली, बस्ती विकास र पर्यटन विकासका कामलाई तिब्रता दिन मन्त्रीद्वयसँग अनुरोध गर्नुभयो ।

स्मृति सभामा गृहसचिव विनोद प्रकाश सिंह, शहरी विकास सचिव सुरेश आचार्य, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल लगायत सरकारी अधिकारीहरुको पनि सहभागिता थियो ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्था गरेको आगलागी तथा डढेलो नियन्त्रणमा उपयोगी हुने बोकेर लैजान मिल्ने फायर पम्प हस्तान्तरण गर्नुभएको थियो । 

कार्यक्रममा स्थानीय कलाकारहरुले वारपाकको मौलिक भेषभुषा पहिरिएर स्थानीय भाकामा भूकम्पबाट भएको क्षतिलाई गीतमार्फत् व्यक्त गर्नुभएको थियो ।

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851320269

: dijansmita@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4