समाचार

विपद् जोखिम न्यूनीकरणका लागि स्पष्ट कार्ययोजना बनाउन जोड

Bai 12, 2080

काठमाडौं,  बैशाख १२

शहरी विकास मन्त्री सीता गुरुङले भविष्यमा हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई आत्मसात् गर्दै स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल आश्रय, आवास तथा बसोबास मञ्चको सहयोगमा आयोजना गरेको 'पुनर्लाभबाट उत्थानशीलतासम्म: नेपालको हरित, उत्थानशील तथा समावेशी विकास मार्गतर्फको घोषणालाई कार्यान्वयन' विषयक दुई दिने सम्मेलन काठमाडौंमा उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरामा जोड दिनुभएको हो ।

मन्त्री गुरुङले कुनै विपद् आइहालेमा तत्कालै परिचालन हुनेगरी साधन स्रोतसहितको एकीकृत संरचना जरुरी रहेको पनि बताउनुभयो । छरिएर रहेका बस्तीहरुमा सबै खालका सेवा सुविधा पुर्याउन कठीन हुने भएकोले जनताको मागबमोजिम एकीकृत बस्ती विकासलाई प्राथमिकता दिइने मन्त्री गुरुङको भनाइ थियो ।

शहरी विकास मन्त्रालयका सचिव सुरेश प्रसाद आचार्यले ‘अझ राम्रो र अझ बलियो’ पुनर्निर्माणको अवधारणाअनुसार विपद् पश्चातको पुनर्स्थापना र पुनर्निर्माणलाई अगाडि बढाइने धारणा राख्नुभयो ।

गोरखा भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको काम नमूनायोग्य काम भएको बताउँदै विपद्अघि र पछिका कार्यहरु गर्नका लागि गठित राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पनि अधिकार र साधनस्रोत सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामेश्वर मरहट्टाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै अतिथि, प्यानलिष्टहरु तथा सहभागीहरु सबैलाई सम्मेलनमा स्वागत गर्नुभयो । उद्घाटन सत्रको अध्यक्षता प्राधिकरणका सहसचिव रुद्रसिंह तामाङले गर्नुभएको थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरु, सरोकारवाला संघीय एवं प्रदेश मन्त्रालयका अधिकारीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, मानवीय संस्थाका प्रतिनिधिहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरुले छलफल गर्नुहुनेछ । पहिलो दिन उद्घाटन सत्रका अलावा आठवटा विभिन्न सत्रहरु संचालन भएका छन् । 

विपद् पूर्वतयारी, जलवायु अनुकूलन, हरित तथा नवीनतम आवासका समाधानबारे छलफल गर्ने, यस क्षेत्रमा भएका असल अभ्यासहरुबारे जानकारी आदानप्रदान गर्ने र उदीयमान मुद्दा तथा चुनौतीहरूको समाधान पहिचान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनले आवास र बसोबासको लागि दिगो र समावेशी दृष्टिकोणलाई प्राथमिकता दिंदै विपद् जोखिमहरूलाई कम गर्न, व्यवस्थापन गर्न तथा उत्थानशीलता सहर र गाउँहरू बनाउन सरोकारवालाहरुलाई प्रेरित गर्ने विश्वास गरिएको छ। 

सम्मेलनमा स्थानीयकृत अवधारणा, बहुप्रकोपीय विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन, नवीनतम, हरित तथा किफायती अभ्यासहरू एवं एकीकृत अवधारणाहरुबारे छलफल हुनेछ ।

सम्मेलन आयोजनाका लागि युएसएड, युकेएड, सीआरएस, आइओएम, ह्याबिट्याट फर ह्युम्यानिटी, केयर, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल, नेपाल रेडक्रस सोसाइटी, आइएफआरसी, पिपल इन निड, एनसेट र एनएचएसआरपीले सहयोग उपलब्ध गराएका छन् ।

 

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

गोमादेवी चेम्जोङ्ग

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851215979

: gomachemjong@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4