समाचार

'विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ'

Chai 21, 2079

काठमाडौं, चैत्र २१

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताउनुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर प्राधिकरणले गरिरहेका कार्यहरुको जानकारी लिने क्रममा नेपाल जलवायुजन्य लगायतका जोखिममा रहेकोले न्यूनीकरण तथा व्यवस्थापनका कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

विपद्का ठूला घटना भएपछि त्यसको चर्चा हुने तर भविष्यमा हुनसक्ने विपद् कम गर्नेतिर पर्याप्त काम नहुने अवस्थाको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै श्रेष्ठले यसतर्फ ठोस पहलकदमी लिइने आश्वासन पनि दिनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक यथाशीघ्र बसी रणनीतिक र तत्काल गर्नुपर्ने दुवै खालका कार्यहरुलाई अगाडि बढाइने उहाँको भनाइ थियो ।   

उपप्रधानमन्त्री श्रेष्ठ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको अध्यक्ष हुनुहुन्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद्को पछिल्लो अवस्था, प्राधिकरणले तर्जुमा गरेका कार्यविधि तथा निर्देशिकाहरु एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको प्रभावकारिताका लागि गृह मन्त्रालयसँग प्राधिकरणले गरेका अपेक्षाहरुबारे ब्रिफिङ गर्नुभएको थियो ।

ब्रिफिङका क्रममा पोखरेलले हरेक वर्ष बढिरहेको विपद्का घटनाहरुले ठूलो मानवीय तथा भौतिक क्षति गरिरहेकोले प्राधिकरणले जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

कार्यकारी प्रमुख पोखरेलले आगामी वर्षको मनसुनबाट हुनसक्ने क्षतिलाई मध्यनजर गरेर अहिल्यै गर्नुपर्ने तयारीहरुका बारेमा पनि उपप्रधानमन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो ।

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851320269

: dijansmita@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4