समाचार

भूकम्प प्रभावित टर्कीमा अत्यावश्यक सहायता पठाइने

Mag 25, 2079

काठमाडौँ, २५ माघ

नेपालले सोमबार बिहान गएको विनाशकारी भूकम्पबाट प्रभावित देश टर्कीमा मेडिकल रेस्पोन्स टिम तथा अत्यावश्यक राहत सामग्री पठाउने भएको छ ।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी आकस्मिक बैठकले टर्कीमा मेडिकल उपकरणहरुसहित मेडिकल रेस्पोन्स टिम एवं न्यानो लत्ताकपडा सहितका अत्यावश्यक सामग्रीहरु पठाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले परराष्ट्र मन्त्रालयलाई यस सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहित सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गर्न निर्देशन समेत दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गरिने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘२०७२ सालको भूकम्पका बेला हामीलाई टर्की सरकारले सहयोग गरेको थियो । अप्ठ्यारोमा परेका बेला टर्कीका जनतालाई हामीले पनि सकेको सहयोग गर्नुपर्छ । त्यसैले, छिटोभन्दा छिटो सहयोग पठाऔं ।’

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति प्रभु राम शर्मा, विभिन्न मन्त्रालयका सचिव लगायत समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो ।

त्यसैगरि, उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मलहोत्रा, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाल, टर्कीका अवैतनिक महावाणिज्यदूत पी.पी. खेतानको पनि उपस्थिति थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भूकम्पबाट प्रभावित टर्कीले अपेक्षा गरेको आवश्यकता तथा नेपालबाट पठाउन सकिने सहायता सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

सोमबार बिहान टर्की र सिरियाको सीमा क्षेत्रमा गएको ७.८ म्याग्नेच्युडको भूकम्पबाट बुधबार दिउँसोसम्म दुई देशमा ११ हजारभन्दा बढीको मृत्यु भएको अन्‍तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।  

२०७२ को भूकम्पलगत्तै टर्की सरकारले खोज तथा उद्दार एवं मेडिकल रेस्पोन्स टिम पठाएको थियो ।

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष

पुष्पकमल दाहाल "प्रचण्ड"

माननीय गृहमन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

अनिता निरौला

सह-सचिव

सम्पर्क : ९८५१२३५९८२

रामेश्वर मरहट्टा

सह-सचिव

सम्पर्क : ९८५१२०६३३७

ध्रुव बहादुर खड्का

उपसचिव/प्रवक्ता/सूचना अधिकारी

सम्पर्क : ९८५१३२०२६९/९८४११९०२५४

: dhrubabkhadka@yahoo.com

आगामी कार्यक्रम

  • 27
  • Aso

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसको समुद्घाटन कार्यक्रम ।

  • 1
  • 27
  • Aso

13th October=13:00 PM = माननीय गृहमन्त्री रामबहादुर थापा "बादल" ज्यूलाई नेपाल चेम्बर अफ कमर्सद्वारा "राहत सामाग्री हस्तान्तरण" कार्यक्रम । स्थानः गृह मन्त्रालय, सभाहल ।

  • 1
  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4