समाचार

डोटी भूकम्पमा ६ जनाको मृत्यु, ८ घाइतेको उपचार हुँदै

23, 2079

काठमाडौं/ आज बिहान २:१२ बजे सुदूर पश्चिम प्रदेशको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते हुनुभएको छ ।

मृत्यु हुनेमा डोटी जिल्ला पूर्वीचोकी गाउँपालिका वडा नं. ३ का भगवती देवी बोहरा (वर्ष ३५), प्रेम बोहरा (बर्ष ५०), सीता बोहरा (बर्ष १३), धनसरी बोहरा (बर्ष १४), हर्क बोहरा (बर्ष ८) र तुलसी बोहरा (बर्ष १४) हुनुहुन्छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गर्नुभएको विज्ञप्तिअनुसार डोटीका अतिरिक्त अछाम, बाजुरा, कैलाली जिल्लामा समेत केही घरमा क्षति पुगेको छ ।

भूकम्प गएलगत्तै स्थानीय तहको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा समेत परिचालन भई उद्दार कार्य गरिएको थियो ।

घाइतेहरुमध्ये ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने २ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् सेती प्रादेशिक अस्पताल, धनगढीमा पठाइएको छ ।

यसअघि गए राति ९ बजेर ७ मिनेटमा ५.७ म्याग्निच्युड, राति ९ बजेर ५६ मिनेटमा  ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले भूकम्प प्रभावितको उद्धार तथा घाइतेको उपचार एवं उचित राहतको प्रबन्ध गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ । 

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

गोमादेवी चेम्जोङ्ग

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851215979

: gomachemjong@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4