समाचार
ललितपुरका रोटेरीयनद्वारा सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत
Jun 29, 2021
ललितपुरका रोटेरीयनद्वारा सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत
काठमाडौं, असार १५ । सिन्धुपाल्चोकका बाढी पीडितलाई ललितपुर जिल्लाका १७ वटा रोटरी क्लवहरुको सञ्जाल "नेटवर्क अफ रोटरी क्लव अफ ललितपुर (एनआरसिएल)" ले गैरखाद्यान्न राहत सामग्री उपलव्ध गराएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमा ललितपुरका रोटरी क्लवहरुको सञ्जाल, एनआरसिएलका संयोजक सुरेश आचार्यले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल मार्फत सिन्धुपाल्चोकबासीका लागि दुई सय पचहत्तर वटा प्रेसरकुकर हस्तान्तरण गर्नुभएको हो ।
यी सामग्रीहरु चाँडो भन्दा चाँडो सिन्धुपाल्चोकको हेलम्बु, इच्चोक, ग्याल्चोक, पाल्चोक, पांचपोखरी र मेलम्चीको शिखरपुर माझीटारका बाढी प्रभावितहरुसम्म पुर्याई जिल्ला विपद् व्यवस्थापन समिति मार्फत वितरण गरिने प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । उहाँले विपद्मा परेका एक नेपालीलाई अर्को नेपालीले यसरी मद्धत गर्नु आवश्यक रहेको बताउनुभयो । यस वर्षको मनसुन कोरोना महामारीका कारण गत वर्षहरुभन्दा थप जटिल हुने भन्दै राहत, उद्धार र पुनर्स्थापनामा सबै क्षेत्रले हातेमालो गर्नु आवश्यक रहेको धारण व्यक्त गर्नुभयो । प्राधिकरणका कार्यकारी प्रमुख पोख्रेलले विपद् व्यवस्थापनमा १७ वटा रोटरी क्लवको निस्वार्थ सहयोगको ठूलो महत्व रहेको बताउ“दै एनआरसिएल जस्ता विभिन्न संघसंस्थाहरुसंग सहकार्य गर्ने नीति प्राधिकरणको रहेको जानकारी दिनुभयो ।
प्राधिकरणका सहसचिव तथा प्रवक्ता विश्वप्रकाश अर्यालले बाढी र पहिरोका कारण विस्थापित भएकाहरुका लागि तत्कालिक आवश्यकता हेरी राहत सामग्रीको व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहा“ले यी काम सरकार एक्लैले पूरा गर्न गारो हुने भन्दै स्वयंसेवी रुपमा परोपकारी संघ संस्थाको सहभागिता हुनु सकारात्मक रहेको बताउनुभयो ।
संयोजक आचार्यले सिन्धुपाल्चोकका दुर्गम बस्तीका बाढी पीडितबाट माग आएकाले यी प्रेसर कुकरहरु सो क्षेत्रका अति विपन्न बाढी पीडितहरु समक्ष पुग्ने अपेक्षा राखेर प्राधिकरण मार्फत राहत उपलब्ध गराइएको बताउनुभयो ।
सोही अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य तथा रोटरी क्लव पाटन ईष्टका अध्यक्ष सुदीप पाठकले आफूहरुको सानो पहलले विपद्मा परेका सिन्धुपाल्चोकका जनतालाई सहयोग गर्न पाउ“दा खुशी लागेको बताउनुभयो ।
१७ वटा क्लव र व्यक्तिगत रुपमा रोटेरियनहरुबाट अर्थ संकलन गरी स्थापित एनआरसिएलको बाढी पीडित राहत कोषबाट उक्त राहत उपलब्ध गराइएको हो । आज हस्तान्तरित २७५ थान खाना पकाउने प्रेसर कुकरको बजार मुल्य करिव पा“च लाख रुपैया“ बराबर रहेको छ ।
मितिः १५ असार, २०७८

Pushpa Kamal Dahal "Prachanda"
Rt. Hon. Prime Minister & Chairperson of Council

Narayan Kaji Shrestha
Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee
पदाधिकारी

Anil Pokhrel
Chief Executive

Rudra Singh Tamang
Joint Secretary
Contact : 9851182500
Rameshowr Marhatta
Joint Secretary
Contact : 9851206337

Dhruba Bahadur Khadka
Under Secretary / Spokesperson/Information Officer
Contact : 9851320269/9841190254
: dhrubabkhadka@yahoo.com