समाचार
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रम-२०७८
Dec 23, 2021
आज २०७८ पौष ८ गते विहिबारका दिन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष माननीय गृह मन्त्री श्री बालकृष्ण खाँणज्यूको प्रमुख आतिथ्यता एवम् राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत श्री सुशिल ज्ञवालीज्यूको अध्यक्षतामा 'हस्तान्तरण तथा बहिर्गमन’ कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा श्रीमान् गृह सचिवज्यू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख श्रीमान् अनिल पोखरेलज्यू लगायत सम्बद्ध उच्चपदस्थ पदाधिकारी तथा कर्मचारीहरु एवम् विकास साझेदार संघसंस्थाका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको दायित्व, सम्पत्ति, श्रेष्तालगायत हस्तान्तरण हुने निर्णय गरेको थियो । प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायमार्फत सम्पादन भैरहेका कार्यहरुको सहजीकरण, समन्वय तथा अनुगमन सम्बन्धी कार्यहरु अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् हुने भएको छ ।
Pushpa Kamal Dahal "Prachanda"
Rt. Hon. Prime Minister & Chairperson of National Council
Rabi Lamichhane
Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee
पदाधिकारी
Anil Pokhrel
Chief Executive
Bharat Mani Pandey
Joint Secretary
Rameshowr Marhatta
Joint Secretary
Dijan Bhattarai
Under Secretary/Spokesperson and Information Officer
Contact : 9851320269
: dijansmita@gmail.com