समाचार
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको छैठौं बैठकः विपद्मा परेकाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउने
Jun 16, 2021

राष्ट्रिय परिषद बैठकः विपद्मा परेकाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउने
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको कार्यहरु गर्दाखेरी विपद् जोखिम संवेदनशिल भएर गर्न गराउन निर्देशन दिनुभएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले असार ३ गते बसेको परिषदको छैटौं बैठकमा उक्त निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले सरकारले पछिल्लो चरणमा शुरु गरेका विपद् पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई थप तदारुकताका साथ अगाडि लैजान पनि निर्देशन दिनुभयो ।
बैठकले विपद्को विद्यमान क्षतिको समीक्षा एवम् क्षतिप्रति गम्भीर दुःख व्यक्त गर्दै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी बैठकले विपद्मा परेकाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउने, उद्धार तथा राहतका कामहरुलाई समन्वयात्मकरुपले थप प्रभावकारी बनाउने, कोभिडको सम्भावित संक्रमण तथा सम्भावित महामारीप्रति सम्बेदनशिल भएर पूर्वतयारी तथा प्रतिकार्य गर्ने निर्णय गरेको छ । मनसुनको प्रभावको कारण तराई क्षेत्रमा हुनसक्ने वाढी, डुबानलाई दृष्टिगत गरेर आवश्यक तयारी गर्ने र समग्र क्रियाकलापहरुका लागि सबै मन्त्रालय तथा सुरक्षा निकायहरु, जनप्रतिनिधिहरु, परोपकारी संस्थाहरु मिलेर कार्य गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।
असार २, २०७८

Pushpa Kamal Dahal "Prachanda"
Rt. Hon. Prime Minister & Chairperson of Council

Narayan Kaji Shrestha
Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee
पदाधिकारी

Anil Pokhrel
Chief Executive

Rudra Singh Tamang
Joint Secretary
Contact : 9851182500
Rameshowr Marhatta
Joint Secretary
Contact : 9851206337

Dhruba Bahadur Khadka
Under Secretary / Spokesperson/Information Officer
Contact : 9851320269/9841190254
: dhrubabkhadka@yahoo.com