समाचार

कार्यकारी समितिको बैठकः बाढी र पहिरोबाट प्रभावितहरुको तत्काल अस्थायी बन्दोबस्त गरिने, क्षति भएका घरहरु पुनर्निर्माण गर्ने

Jun 17, 2021

बाढी र पहिरोबाट प्रभावितहरुको तत्काल अस्थायी बन्दोबस्त गरिने, क्षति भएका घरहरु पुनर्निर्माण गर्ने

 

सिन्धुपाल्चोक, मनाङ, गुल्मी, कास्की लगायतका जिल्लाका बाढी र पहिरोबाट प्रभावितहरुको तत्काल अस्थायी बसोबासको प्रबन्ध गरि क्षति पुगेका घरहरुको पुनर्निर्माण गरिने भएको छ । माननीय गृहमन्त्री खगराज अधिकारीज्यूको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ११‌औँ  बैठकले उक्त निर्णय गरेको हो । बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई प्रभावित जिल्लामा तदारुकताका साथ उद्धार कार्यमा खटिन समेत निर्देशन दिएको छ ।

देश विभिन्न विपदसँग जुधिरहेको समयमा बैठकले मनसुनजन्य घटनालाई थप प्रभावकारी रुपमा व्यवस्थापन गर्नका लागि बनेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ पनि परिमार्जन सहित पारित गरेको छ । यसैगरी अन्य ४ वटा कार्यविधिहरु पनि पारित भएका छन् । विपद् जोखिम वित्तिय व्यवस्थापन रणनीति, २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, २०७२ (प्रथम संसोधन २०७८), आगलागीबाट क्षति भएका निजी आवास पुनर्निर्माण सम्बन्धी कार्यविधि, २०७८ र Technical Guidelines to Conduct Field Investigation of Settlement Affected by Landslide  छन् ।

बैठकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १को नेगी भन्ने स्थानमा रहेको जोखिमपूर्ण ढुङ्गाको व्यवस्थापन गर्न जिल्ला विपद् व्यवस्थापन कोषलाई रकम उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै प्रत्येक जिल्लामा वाटोको पहुँच भएको ठाउँमा विपद्को घटना भएको ३० मिनेट भित्र सम्वन्धित स्थानमा उद्धारको लागि पुग्ने गरी तीनवटै सुरक्षा निकाय सम्मिलित Dedicated  Disaster Response Team (DDRT) गठन गरी परिचालन गर्ने निर्णय भएको छ ।

तराईका बाढीको उच्च जोखिममा रहेका जिल्लाहरुमा थप मोटरबोट र रबरबोटको व्यवस्था गर्ने निर्णय समेत बैठकले गरेको छ ।

मिति: २ असार २०७८

 

 

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of Council

Narayan Kaji Shrestha

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Rudra Singh Tamang

Joint Secretary

Contact : 9851182500

Rameshowr Marhatta

Joint Secretary

Contact : 9851206337

Dhruba Bahadur Khadka

Under Secretary / Spokesperson/Information Officer

Contact : 9851320269/9841190254

: dhrubabkhadka@yahoo.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4