समाचार
पहिरो पूर्वानुमान प्रयास: प्रभावमा आधारित पूर्वसूचना प्रणाली (Impact Based Forecasting) तालिम सम्पन्न
May 23, 2021
प्रभावमा आधारित मौसम पूर्वानुमान सुचना प्रणाली लागू हुने
अबदेखि प्रभावमा आधारित मौसम पूर्वानुमान सुचना प्रणाली लागू हुने भएको छ । हालसम्म मौसम के कस्तो छ भन्ने कुरा समेटेर मात्र सूचना जारी हुदै आएकोमा अवदेखि के कस्तो मौसमको अवस्थाले मानवीय र भौतिक रुपमा के कति असर गर्छ भन्नेसम्मको पूर्वानुमान समेटिने गरी पूर्वानुमान सुचना प्रणाली परियोजना(पाइलटिङ्ग) का रुपमा लागू गर्न लागिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्रभाव सहितको पूर्वानुमान सुचना प्रणाली लागू भएपछि हालसम्म विपद्का कारण हुदै आएको क्षति न्यूनीकरण गर्न सकिने आशा व्यक्त गर्नुभयो । विभिन्न देशले समेत यस्तो अभ्यास गरिसकेकोले नेपालमा पनि यो प्रभावकारी हुने पोखरेलको भनाई छ । प्राधिकरणका सहसचिव कृष्णहरि पुष्करले हालसम्मको अभ्यास विपद्का घटनापश्चात उद्धार र राहतमा मात्र केन्द्रित हुदै आएकोमा प्राधिकरणले विपद्को जोखिम नै न्यूनीकरण गर्नेतर्फ जोड दिएको बताउनुभयो । प्रभावमा आधारित मौसम पूर्वसुचना प्रणालीले प्राधिकरणको उदेश्यमा ठूलो मद्दत पुग्ने उहाँको विश्वास छ । जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा.अर्चना श्रेष्ठले पछिल्लो समयमा प्रविधिको विकासका कारण मौसम पूर्वानुमान महाशाखाको काम निकै प्रभावकारी हुदै आएको उल्लेख गर्दै अबको यो प्रणाली मार्फत अझ घटनाको नजिक पुग्न सकिने बताउनुभयो । प्रभावमा आधारित मौसम पूर्वानुमान सुचना प्रणालीको तयारीका लागि राजधानीमा यही चैत्र १० गतेदेखि १२ गतेसम्म कार्यशाला सम्पन्न भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, यूके मेट अफिस र रेडक्रसको क्लाइमेट सेन्टरको संयुक्त आयोजनामा भएको हो । तीन दिनसम्म चलेको कार्यशालाको सहजीकरण रेडक्रस क्लाईमेट सेन्टरका माधव उप्रेतीले गर्नुभएको थियो भने विषयको विभिन्न पक्षका बारेमा Red Cross Climate Centre बाट Irene Amuron, Ahmadul Hassan, Bettina Koelle, Stefania Giodini, Liz Stephens र UK Met Office बाट Helen Caughey ले यसका विभिन्न पक्षका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यशालामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बन तथा वातावरण मन्त्रालय, कृषि मन्त्रालय, शहरी विकास मन्त्रालय, कर्णाली, गण्डकी र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, गोरखा, जाजरकोट, दैलेख, रसुवा, स्याङ्जा, कालीकोट, म्याग्दी, बाग्लुङ्ग लगायतका प्रतिनिधिहरु र पत्रकारहरुको सहभागिता थियो ।
शुरुमा सिन्धुपाल्चोक, गोरखा, रसुवा, बाग्लुङ्ग, स्याङ्जा, म्याग्दी, दैलेख, जाजरकोट, कालीकोट गरी ९ जिल्लाका ३६ वटा स्थानीय तहमा पायलट प्रोजेक्टका रुपमा सञ्चालन गरिने प्राधिकरणका प्रवक्ता तथा सहसचिव जनार्दन गौतमले जानकारी दिनुभयो । यो सुचना प्रणाली लागू भएपछि भारी बर्षा हुने स्थानहरुको खोला नदीमा बाढीको अवस्था, त्यस क्षेत्रको जनजीवनमा पार्नसक्ने क्षति, पहिरो जानसक्ने, नसक्ने अवस्था लगायतको पूर्वानुमान हुने र यसले मानवीय र भौतिक क्षति घटाउन मद्दत पुग्ने उहाँले बताउनुभयो ।

Pushpa Kamal Dahal "Prachanda"
Rt. Hon. Prime Minister & Chairperson of Council

Narayan Kaji Shrestha
Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee
पदाधिकारी

Anil Pokhrel
Chief Executive

Rudra Singh Tamang
Joint Secretary
Contact : 9851182500
Rameshowr Marhatta
Joint Secretary
Contact : 9851206337

Dhruba Bahadur Khadka
Under Secretary / Spokesperson/Information Officer
Contact : 9851320269/9841190254
: dhrubabkhadka@yahoo.com