समाचार
May 19, 2021
आज (२०७८ जेठ ५ गते) बिहान लमजुङ जिल्लाको भुलभुलेलाई केन्द्र बनाएर ML ५.८ को भूकम्प गएको छ । त्यसपछि पनि पटक पटक पराकम्पन आइरहेको छ । यसबाट आसपासका गाउँबस्तीमा सामान्य क्षति पुगेको विवरण प्राप्त भएको छ।
जिल्ला प्रशासन कार्यालय लमजुङ र सम्बन्धित पालिकाले घाइतेको उद्दार गरी उपचार सुरु गरिसकेका छन्। अस्थायी बसोबासको लागि टेन्ट र अत्यावश्यक राहत सामग्री पठाइसकिएको छ।
साथै आज भएको घरबासको क्षतिको लगत संकलनको काम पनि सुरु भइरहेको छ। क्षतिको विवरण प्राप्त हुनासाथ कानून बमोजिम राहतको व्यवस्था अगाडी बढाउन यस प्राधिकरणले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिरहेको छ।
तत्काल उद्दार र राहतको काममा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटी लगायत अन्य संघसंस्थाहरु प्रभावित क्षेत्रमा खटिएका छन् ।
आजको भूकम्पबाट घाइतेइको उपचारका लागि आवश्यक खर्च नेपाल सरकारले व्योहोर्ने समेत जानकारी गराउँछौं । साथै, घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

Pushpa Kamal Dahal "Prachanda"
Rt. Hon. Prime Minister & Chairperson of Council

Narayan Kaji Shrestha
Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee
पदाधिकारी

Anil Pokhrel
Chief Executive

Rudra Singh Tamang
Joint Secretary
Contact : 9851182500
Rameshowr Marhatta
Joint Secretary
Contact : 9851206337

Dhruba Bahadur Khadka
Under Secretary / Spokesperson/Information Officer
Contact : 9851320269/9841190254
: dhrubabkhadka@yahoo.com