समाचार
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास सुर्खेतमा सम्पन्न
Apr 7, 2021

मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास सुर्खेतमा सम्पन्न
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा आधारित कृत्रिम घटना अभ्यास सुर्खेतमा सम्पन्न भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना र यूएसएआईडीको तयार नेपाल परियोजनाको संयोजनमा भएको कृतिम घटना अभ्यासमा कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुर्खेत, वीरेन्द्रनगर नगरपालिका लगायत विभिन्न विषयगत क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री माननीय नरेश भण्डारीले भूकम्पीय सुरक्षाका दृष्टिले कर्णाली प्रदेश जोखिममा रहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गर्नुभयो ।
सुर्खेतमा २०७१/०७२ सालमा आएको बाढीले क्षतिग्रस्त वस्तीहरुको पुनर्निर्माण बाँकि नै रहेको स्मरण गर्दै एकपछि अर्को गर्दै विपद्का घटना भइरहेको भन्दै उद्धार र व्यवस्थापनको कार्य जटिल बन्दै गएको बताउनुभयो । मन्त्री भण्डारीले प्रदेशमा विपद्का घटनापछि उद्धार र राहतमा खटिने दक्ष जनशक्तिको पनि अभाव रहेको बताउनुभयो । अहिले पनि कुनै ठूलै विपद् आइपरेमा त्यसबाट ठूलै क्षति वेहोर्नुपर्ने अवस्था रहेको भन्दै यसको पूर्वतयारीमै जोड दिनुपर्ने उहाँको धारणा थियो । मन्त्री भण्डारीले विपदमा परी मृत्यू हुनेका परिवारका लागि २ लाख उपलब्ध गराउने कर्णाली प्रदेश सरकारले निर्णय गरी कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।
यसैगरी प्राधिकरणका सहसचिव कृष्णहरि पुष्करले विपद्का घटनाको न्यूनीकरणका लागि पूर्वतयारीदेखि घटना भइहालेमा के कसरी उद्धार गर्ने भन्नेबारे यस्ता अभ्यासले राम्रोसँग जानकारी दिने बताउनुभयो । यस्ता अभ्यासले विपद्का घटनाबाट भइरहेको मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विरेन्द्रनगर उपमहानगरपालिकाका प्रमुख देवकुमार सुवेदीले यो वर्ष आगलागीका घटना बढेको र बाल्टीबाट पानी लगेर नियन्त्रण गर्न नसकिने भन्दै यसको लागि सवै निकायबीच समन्वयको खाँचो औल्याउनुभयो ।
प्राधिकरणका उपसचिव लिलाधर अधिकारीले विपद् पूर्व र पछि सरोकारवाला निकायहरुले के कसरी काम गर्नुपर्छ भन्ने विषयमा जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराउनुभयो । विरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया भण्डारीले सिकेको अभ्यासलाई व्यवहारमा कतिको उतार्न सक्छौ भन्ने चुनौती पनि सँगै रहेको बताउनुभयो । उहाँले विपद्को जोखिम न्यूनीकरणमा स्थानीय पालिका प्रदेश र संघले आपसी समन्वयलाई विशेष ध्यान दिनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । कृत्रिम अभ्यासले विपदबारे समयमै पूर्वसूचना प्रवाह गर्न सक्यौ भने धेरै मानिसको ज्यान बचाउन सकिने रहेछौ भन्ने पनि अनुभूति भएको बताउनुभयो ।
कार्यक्रममा प्राधिकरण, राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, विषयगत क्षेत्र लगायतका बेग्लाबेग्लै समूह बनाएर कृत्रिम घटना अभ्यास गरिएको थियो । यस क्रममा विपद्का बेला केन्द्रीयदेखि स्थानीय तहसम्मले गरेका अभ्यासहरुमा कहाँ कहाँ कमजोरी रह्यो र यसको कसरी समाधान गर्ने भन्ने बारेमा सहभागीहरुले सुझाव दिएका थिए ।

Pushpa Kamal Dahal "Prachanda"
Rt. Hon. Prime Minister & Chairperson of Council

Narayan Kaji Shrestha
Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee
पदाधिकारी

Anil Pokhrel
Chief Executive

Rudra Singh Tamang
Joint Secretary
Contact : 9851182500
Rameshowr Marhatta
Joint Secretary
Contact : 9851206337

Dhruba Bahadur Khadka
Under Secretary / Spokesperson/Information Officer
Contact : 9851320269/9841190254
: dhrubabkhadka@yahoo.com