समाचार

मनसून पूर्वतयारी तथा प्रतिकार्यका लागि राजनीतिक दलहरुसँग छलफल

Jun 6, 2024

काठमाडौं, जेठ २४

राजनीतिक दलका प्रतिनिधिहरुले विपद्को समयमा राहत र उद्धारमा काम गर्न आफ्नो संगठनका सदस्यहरु परिचालन गर्ने प्रतिवद्धता जनाउनु भएको छन् । आज गृह मन्त्रालयमा भएको छलफलमा उहाँहरुले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो।

छलफलमा नेपाली कांग्रेसका नेता मोहन बस्नेतले आफ्नो पार्टीका कार्यकर्ताहरु विपद्को समयमा राहत र उद्धारमा काम गर्न सँधै तत्पर रहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘विपदको समयमा धेरैले नगद र मालसामान दिएर र स्वयंसेवकको रुपमा काम गर्न चाहेका हुन्छन्। उनीहरुलाई सजिलोसँग काम गर्न सकिने गरी स्थानीय प्रसाशन र जनप्रतिनिधिले सहजीकरण गरीदिनु पर्छ।’

एमाले नेता एवम् पार्टीको विपद व्यवस्थापन विभागका प्रमुख किरण पौडेलले आफ्ना कार्यकर्ताहरुलाई विपद्बारे तालिम दिएमा अझ प्रभावकारी ढंगले विपद्मा सहयोग गर्न सकिने धारणा राख्नु भयो। उहाँले भन्नु भयो, ‘राज्यसँग स्रोत-साधन छ र हामीसँग जनशक्ति छ। यदि दुवैलाई मिलाउने हो भने प्रभावकारी रुपमा काम गर्न सक्छौं।’

नेकपा माओवादीका नेता एवम् पार्टीको विपद् व्यवस्थापन विभागका प्रमुख सुर्य सुवेदीले राजनीतिक दलहरुको विपद हेर्ने नेताहरुको  ‘लूज फोरम’ बनाई संयुक्त रुपमा विपद्मा काम गर्नुपर्ने धारणा राख्नु भयो। त्यस्तै भारतीय बाँधका कारण वर्षायाममा तराईका विभिन्न भूभाग डुबानमा पर्ने भएकोले पानीको निकासको लागि समयमै कुटनीतिक पहल गर्न सुझाव दिनु भयो।

नेकपा एकीकृत समाजवादीकका नेता गंगालाल तुलाधरले राजनीतिक दलहरुले संगठनको तल्लो निकायसम्म विपद् हेर्ने समिति बनाउनु पर्ने र उनीहरुलाई तालिम दिनु पर्ने भनाई राख्नु भयो। उहाँले भन्नु भयो, ‘पाठ्यक्रम बनाई वडास्तरसम्म तालिम दियौं भने स्थानीय स्तरमै हाम्रा कार्यकर्ताले विपद्मा काम गर्न सक्छन्।’

छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टी, नेपालका परशुराम बस्नेत, जनमत पार्टीका अब्दुल खान, नागरिक उन्मुक्ति पार्टीका राजन गुरुङ, नेपाल मजदुर किसान पार्टीका नारायण महर्जन, आम जनता पार्टीकी रञ्जु कुमारी साह लगायतले विपद्बारे आ-आफ्नो पार्टीको धारणा राख्नु भयो।

छलफलमा गृहमन्त्री लामिछानेले दलहरुसँग आफ्ना कार्यकर्तालाई स्वयंसेवकका रुपमा खटाउन सक्ने सामर्थ्य रहेको उल्लेख गर्दै सरकारको मनसुन पूर्वतयारी कार्ययोजनालाई सफल बनाउन दलहरुको सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले सरकारसँग पैसा हुँदाहुँदै पनि विपद्मा खर्च गर्न नसकिने प्रवृत्ति यस वर्ष नदोहोरीने समेत प्रतिवद्धता व्यकत् गर्नु भयो। त्यस्तै दलका प्रतिनिधिबाट प्राप्त सुझाव अनुसार राजनीतिक दलहरुको ‘लूज फोरम’ बनाउन गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले समन्वय गर्ने उहाँले बताउनु भयो।

मन्त्री लामिछानेले भारतीय बाँधका कारण तराईका विभिन्न क्षेत्रको डुवान रोक्न भारतीय पक्षसँग कुटनीतिक पहल गर्ने जानकारी पनि दिनु भयो।

KP Sharma Oli

Rt. Hon. Prime Minister & Chairperson of National Council

Ramesh Lekhak

Hon. Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Basanta Adhikari

Joint Secretary

Contact : 9841222883

: badhikari296@gmail.com

Er. Arjun Kumar Bam

Joint Secretary

Dr. Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4