समाचार

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठक

Jun 6, 2024

काठमाडौं, जेठ २४

मनसुन अवधिभर पूर्वतयारी र प्रतिकार्यको योजनाको प्रभावकारी कार्यान्वयन गर्नका लागि गठित कमाण्ड पोष्टको पहिलो बैठक बसेको छ ।

बैठकमा कमाण्ड पोष्टको कार्य विवरण तथा पोष्टमा प्रतिनिधित्व गर्ने सरोकारवाला निकायको विपद् पूर्वतयारीको अवस्था सम्बन्धमा छलफल भएको पोष्टका संयोजक एवं गृह मन्त्रालय, विपद् तथा द्धन्द्ध व्यवस्थापन महाशाखाका सहसचिव डा. भीष्मकुमार भूसालले जानकारी दिनुभयो ।

बैठकमा पोष्टले बुधबारबाट सुरु गरेको विपद सम्बन्धी बुलेटिनलाई नियमित प्रकाशन गर्ने र जनताले बुझ्न सक्ने गरी सुधार गर्दै लैजाने तथा विपद् सम्बन्धी सूचनाको आदनप्रदानलाई प्रभावकारी बनाउने सम्बन्धमा पनि छलफल भएको छ ।

पोष्टमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिवस्तरका प्रतिनिधिको सहभागिता छ। त्यसैगरि, जलस्रोत तथा सिँचाई विभाग, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग, खानी तथा भूगर्भ विभागका महानिर्देशक स्तरको प्रतिनिधित्व छ ।

त्यसैगरि, नेपाली सेनाबाट विपद् व्यवस्थापन हेर्ने प्रमुख, नेपाल प्रहरीबाट विपद् व्यवस्थापन हेर्ने प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालबाट विपद् व्यवस्थापन हेर्ने सशस्त्र प्रहरी नायव महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागबाट विपद् व्यवस्थापन हेर्ने अनुसन्धान निर्देशकको प्रतिनिधित्व रहन्छ ।

KP Sharma Oli

Rt. Hon. Prime Minister & Chairperson of National Council

Ramesh Lekhak

Hon. Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Er. Dinesh Prasad Bhatt

Chief Executive

Contact : 01-4211197

Roshani Kumari Shrestha

Joint Secretary

Er. Arjun Kumar Bam

Joint Secretary

Ram Bahadur KC

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269/ 9849281097

: rambdr.kc90@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4