समाचार

हिमतालहरुको जोखिम आंकलन गर्न सुझाव

Apr 25, 2024

काठमाडौं, बैशाख १३

हिमताल तथा हिमपहिरोसँग सम्बन्धित निकायका अधिकारीहरु र विज्ञहरुले विरेन्द्र ताल लगायतका हिमतालहरुको जोखिम आंकलन र विस्तृत अध्ययन हुनुपर्नेमा जोड दिनुभएको छ ।

गोरखाको विरेन्द्र तालमा खसेको हिउँ पहिरोको अवस्था र नेपालमा हिमताल विष्फोटको जोखिम को अवस्थाबारे प्राधिकरणको आयोजनामा भएको संवादमा उहाँहरुले उक्त तालको तत्काल अध्ययन हुनुपर्ने पनि बताउनुभयो ।

छलफलमा सहभागीहरुले हिमतालहरुबाट जोखिम उत्पन्न हुने अवस्थामा जोखिमयुक्त क्षेत्रका समुदायलाई समयमै सूचित गर्न उपकरण स्थापना तथा संयन्त्र निर्माण गर्नुपर्ने पनि सुझाव दिनुभयो ।

गत बैशाख ९ गते बिहान गोरखाको वीरेन्द्र तालमा हिम पहिरो खस्दा त्यहाँको पानी विस्थापित भएर बुढी गण्डकी नदीको माथिल्लो तटीय क्षेत्रमा बाढी आएको थियो ।

कार्यक्रममा धारणा राख्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. अरनिको पाँडेले हिमपहिरोको सम्बन्धमा पूर्वचेतावनी प्रणाली र सूचना सञ्चारको प्रभावकारी कार्यन्वयन हुनुपर्ने औंल्याउनु भयो ।

पाँडेले विरेन्द्र तालको घटनालाई जोखिम न्यूनीरकरणका लागि पूर्वतयारी गर्ने अवसरको रुपमा लिनसकिने समेत धारणा राख्ननु भयो ।

काठमाडौं विश्वविद्यालयको वातावरणीय विज्ञान एवं इञ्जिनियरिङ ववगभाका प्रमुख डा. रिजनभक्त कायस्थले तालबाट २२ किलोमिटर तल घापमा जडित स्टेशनमा पानीको सतह बिहान १०:२५ मा १.२९ मिटर रहेकोमा १०:४५ मा ६९ सेन्टिमिटरले बढेर १.९८ मिटर पुगेको जानकारी दिनुभयो । डा. कायस्थ नेपालका उच्च स्थानमा पनि पूर्वचेतावनी प्रणालीसहितका जलविज्ञान स्टेशनहरु स्थापना गर्नुपर्ने बताउनुभयो ।    

 

प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलले संघ, प्रदेश र स्थानीय तह बिचको अर्थपूर्ण समन्वय र सहकार्यबाट हिमताल विस्फोटको सम्भावित जोखिम न्यूनीकरण गर्न सकिने र यस कार्यमा स्रोत र प्रविधिको प्रयोगमा विकास साझेदार सस्थालाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।

त्रिभुवन विश्वबिद्यालयका सहप्राध्यापक डा. रन्जन कुमार दाहालले हिमतालहरुको जोखिम आँकलन र अनुसन्धानमा बिशेष जोड दिने समय आएको बतउनुभयो ।

 

जल तथा सिचाई विभागका उप महानिर्देशक मोहन शाक्यले हिमपहिरोहरुको बैज्ञानिक अध्ययन आवश्यक रहेको बताउनु भयो । शाक्यले जोखिमको प्राथमिकीकरण गरेर सर्वसाधारण र बस्तीहरुको सुरक्षा गर्नु पर्ने धारणा पनि राख्नु भयो ।

त्यस्तै, भूगर्भ विभागका उपमहानिर्देशक मोनिका झाले हिमपहिरो जोखिम न्यूनीकरणका लागि भौर्गभिक अध्ययन र उपकरणमा सहयोग गर्न सकिने जानकारी दिनु भयो ।

विज्ञहरुका अनुसार नेपाललाई प्रभावित गर्ने २०७० वटा हिमतालहरु छन् जसमध्ये ४७ वटा अति जोखिमयुक्त छन् । जोखिमयुक्त हिमतालमध्ये २१ वटा नेपालमा र २५ वटा चीनमा छन् । 

संवादमा विभिन्न सरकारी तथा सुरक्षा निकाय, विकास साझेदार तथा साझेदार संस्थाका प्रतिनिधि एवं संचारकर्मीको उपस्थिति थियो ।

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4