समाचार

अग्नि पीडितलाई तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता

Apr 26, 2024

काठमाडौं, बैशाख १४

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वन डढेलो तथा आगलागी पीडितलाई राहत दिने कुरामा ढिलाई नगरिने बताउनुभएको छ । गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री लामिछानेले पीडितहरुलाई राहत उपलब्ध गराउन कुनै कानुनी वा प्रक्रियागत अड्चन भएमा फुकाउन आफू तयार रहेको आश्वासन पनि दिनुभयो । 

वन डढेलो र आगलागीको हालको अवस्था, जोखिम र तत्कालको आवश्यकता सम्बन्धी अन्तरक्रियामा धारणा राख्दै मन्त्री लामिछानेले भन्नुभयो, 'नागरिकले रुचाउने संचार सामग्रीहरुसहित जनचेतनाका कामहरुका साथै रोकथामलाई अभियानका रुपमा अघि बढाइनेछ । घटना भइहालेमा प्रभावकारी उद्धार एवं राहतलाई चुस्त बनाइनेछ ।'  

मन्त्री लामिछानेले यस वर्षको मनसुनमा बाढीपहिरोको सम्भावित जोखिमको आँकलन, उद्दार एवं राहत सामग्री भण्डारणको अवस्था सहित १५ दिनभित्र रिपोर्ट पठाउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन पनि दिनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आगलागी र डढेलोको हालको अवस्था तथा जोखिमबारे तथ्यांक राख्दै प्राधिकरणले गरिरहेको पहलका सन्दर्भमा जानकारी दिनुभयो ।

आगलागी र डढेलोको जोखिम कम गर्न आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री जिल्ला तथा स्थानीय तहलाई वितरण, सबै खालका संचार माध्यममार्फत् सचेतनामूलक सामग्रीको प्रकाशन तथा प्रशारण, सरोकारवाला निकायसँग विपद् संवाद, तालिम संचालन तथा स्व-अध्ययन सामग्रीको उपलब्धता, आवास गुमाएका नागरिकको उद्दार तथा तुलनात्मक रुपमा सुरक्षित आवास निर्माण गर्न अनुदान वितरण लगायतका कार्यहरु गरेको पोखरेलले जानकारी दिनुभयो ।  

पोखरेलले वन डढेलो लगाउने तथा आगजानी गर्नेलाई निरुत्साहित एवं दण्डित गर्ने कानुनी व्यवस्थालाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने, दमकल, फायर पम्पलगायत आगलागी नियन्त्रण सम्बन्धी उपकरणहरू तयारी अवस्थामा राख्‍नुपर्ने, सुरक्षा निकायले दुत प्रतिकार्य टोली (QRT) एवं घटना प्रतिकार्य टोली (IRT) तयारी अवस्थामा राख्‍नुपर्नेमा पनि जोड दिनुभयो ।

बैशाख १२ गते महोत्तरीको मटिहानीमा भएको आगलागीबाट प्रभावितहरुको राहत एवं पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरुसँग समन्वय र सहजीकरण गर्न प्राधिकरणका सहसचिव गोगनबहादुर हमालको नेतृत्वमा एक टोली परिचालन गरिएको छ ।

यसअघि वैशाख ८ गते गुल्मीको इश्मा गाउँपालिका-२ हाँडीखोला रानीवन पैंयापाटा सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किँदा भएको क्षतिबारे जानकारी लिन प्राधिकरणका उपसचिव तथा प्रवक्ता डा.डिजन भट्टराई त्यहाँ पुग्नुभएको थियो ।

अन्तरक्रियामा वन, कृषि, खानेपानी, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास मन्त्रालयका सचिवहरु, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, नेपाली सेनाका विपद् महाशाखाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीहरु, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष लगायतको उपस्थिति थियो ।   

यसपालिको हिउँदमा कम पानी परेको र सुख्खा बढेका कारण फागुनयता आगलागी तथा डढेलोका घटनाहरु बढिरहेका छन् । सबैजसो वर्ष बैशाख दोस्रो साता वन डढेलो उत्कर्षमा पुग्ने गरेको छ ।  केही स्थानमा वनको डढेलो गाउँ पसेका कारण घरगोठ जलेर नष्ट समेत भएका छन् । बैशाख १ यताका १३ दिनमा ९ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन् ।   

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4