समाचार

एकीकृत प्रणाली सम्बन्धी प्रतिवेदन हस्तान्तरण

Mar 3, 2024

काठमाडौं, फागुन १७

एकीकृत आपतकालीन प्रतिकार्य प्रणाली (Integrated Emergency Response System-IERS) सम्बन्धी अवधारणा तथा कार्ययोजना तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको छ ।

गृह मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा कार्यदलका संयोजक प्राधिकरणका सह सचिव भरत मणी पाण्डेले प्रतिवेदन हस्तान्तरण गर्नु भयो ।

कार्यदलले आफ्नो प्रतिवेदनमा विभिन्न निकायद्वरा संचालित आपतकालीन नम्बर तथा प्रणालीको वर्तमान अवस्था, अन्तराष्ट्रिय अभ्यास, एकीकृत प्रणाली विकास गर्नुपर्ने आवश्यकता, समस्या र चुनौती औंल्याएको छ ।

प्रतिवेदनमा प्रणालीको प्रस्तावित ढाँचा, एकीकृत प्रणाली विकास गर्न आवश्यक नीतिगत, संरचनागत र प्रविधिगत सुझावहरु पनि समावेश छ ।    

आपतकालीन अवस्थामा परेका व्यक्तिले आफूसँग रहेको संचार साधन प्रयोग गरी केन्द्रीय प्रणालीमा सूचना दिने र आवश्यक आपतकालीन सेवा लिन सक्ने गरी प्रणाली विकासका लागि कार्ययोजना तयार गर्न उपप्रधानमन्त्री श्रेष्ठले ११ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो ।

कार्यदलमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरीका एक–एक र नेपाल प्रहरीका दुईजना प्रतिनिधि र सूचना विज्ञ हुनुहुन्छ ।

तत्कालका लागि प्रहरी सेवा, एम्बुलेन्स र दमकल सेवालाई एकीकृत रुपमा उपलब्ध गराइने गरी प्रणालीको विकास गर्न प्रतिवेदनमा विस्तृत कार्ययोजना पनि प्रस्ताव गरिएको छ ।

संसारका विभिन्न देशमा यस प्रयोजनका लागि एकल नम्बरको अभ्यास भइसकेको छ । छिमेकी भारतमा ११२, चीनमा ११०, अमेरिका र पाकिस्तानमा ९११ नम्बर प्रयोगमा छन् । 

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4