समाचार

प्रधानमन्त्री दाहालद्वारा बझाङ भूकम्प प्रभावितलाई राहतको घोषणा

Oct 6, 2023

काठमाडौं, असोज १९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असोज १६ गते मंगलबारदेखि पटक पटक गएको भूकम्पबाट क्षति ब्यहोरेको बझाङलगायतका जिल्लामा पुनर्निर्माणलाई यथाशीघ्र अघि बढाउने बताउनु भएको छ । 
प्रधानमन्त्री दाहालले भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराइने घोषणा गर्नुभयो ।
बझाङ सदरमुकाम चैनपुरमा भूकम्पले पुर्याएको क्षति अवलोकनपछि प्रधानमन्त्री दाहालले चैनपुरस्थित जिल्ला प्रशासन कार्यलयमा भएको अन्तरक्रियाका क्रममा राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यक्रमहरुको घोषणा गर्नुभएको हो । 

प्रधानमन्त्री दाहालले अन्तरक्रियाका व्यक्त गर्नुभएको धारणा यसप्रकार छ: 
गत मंगलबारका दिन बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट कहाँ, के, कति क्षति भएको छ यकीन गरिने छ । मूल्याङ्कनका आधारमा सामान्य मर्मत सम्भार गर्नुपर्ने, प्रवलीकरण गर्नुपर्ने वा पुनर्निर्माण गर्नुपर्ने निर्धारण गरी कार्य अघि बढाइनेछ ।
भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न प्रति घरपरिवार ५० हजार उपलब्ध गराइने छ ।  भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिनेछ ।
राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिनेछ । 
भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ । भूकम्पले निम्त्याएको पहिरोमा परी मृतक हुनु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवारलाई तत्काल २ लाख सहयोग प्रदान गरिनेछ ।
भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकन (Damage Assessment) का आधारमा कार्यविधि बनाई यसअघि गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निमाणको काम अगाडि बढाइने छ ।
सरकारी कार्यालय, सामुदायिक भवन, स्कूल आदि क्षति पुगेका संरचनाहरूको क्षति मूल्यांकन गरी यथाशीघ्र पुनः निर्माण गरिनेछ ।
हालसालै गएका थुप्रै भूकम्पहरूलाई जोखिमको पूर्वसंकेतको रूपमा लिंदै ठूलो विपदको सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आँकलन (Risk Assessment) न्यूनीकरण, पूर्व तयारी र पूर्व सूचना प्रणालीको काम अघि बढाइएको छ । यी कामलाई बझाङलगायत उच्च जोखिममा रहेका क्षेत्रमा समेत अघि बढाइनेछ ।
बझाङ र सुदूरपश्चिमको समग्र विकासमा निर्णायक महत्व राख्ने कैयन परियोजना अघि बढाइएका छन् । हालै मित्रराष्ट्र चीनको भ्रमणका अवसरमा उरै भञ्ज्याङ हुँदै ताक्लाकोट सीमा नाका र दार्चुलाको तिंकर नाका समेत खोल्ने सहमति भएको छ । नेपालतर्फ दिपायल-खुटिया-उरै-ताक्लाकोट फास्ट ट्र्‌याक सडकका लागि र टिंकर जोडने महाकाली करिडोरका लागि बजेट सुनिश्चत गरिएको छ ।
प्राकृतिक सम्पदाले भरिपूर्ण बझाङमा खानीजन्य उद्योग तथा हिमाली पर्यटनका क्षेत्रमा तीनै तहबीच समन्वय गरी आयोजना निर्माण गरिनेछन् ।
नेपालको आर्थिक विकास तथा विद्युतीकरणको लागि महत्वपूर्ण पश्चिम सेती जलविद्युत परियोजनाबारे सरकार गम्भीर छ । यो परियोजा कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढेको छ ।
भूकम्प प्रभावितहरूलाई उद्धार, राहत तथा अन्य सहयोग प्रदान गर्न खटिनुभएका सम्पूर्ण राष्ट्रसेवक, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज, विकास साझेदार क्षेत्रलगायत सबैलाइ सरकारका तर्फबाट धन्यवाद दिँदै आगामी दिनमा समन्वय, सहकार्य र सहयोगका लागि समेत आव्हान गर्दछु ।

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4