समाचार

Bipad Sambad on Lightening

Oct 3, 2023

काठमाडौं, असोज १५

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा चट्याङसँग सम्बन्धित जोखिम न्यूनीकरणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासहरुबारे संवाद गरिएको छ ।

संवादमा हाल अफ्रिकाको युगाण्डामा चट्याङ जोखिम न्यूनीकरणमा काम गरिरहनु भएकी अमेरिकाकी इलिनोइस विश्वविद्यालयको प्रा. म्यारी एन कुपरले संसारभरिका मानिसहरुले सामना गर्ने मौसम सम्बन्धित जोखिम भएको उल्लेख गर्दै चट्याङसँग सम्बन्धित चोटपटकहरुका बारेमा जानकारी दिनुभयो ।  

अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयका प्रा. क्रिश्टोफर जे. एण्ड्रयुजले चट्याङबाट हुने घातक चोटपटकहरु र त्यसका उपचार विधिहरुका साथै चट्याङ  बारे जानकारी प्रस्तुत गर्नुभयो ।

ब्राजिलको चट्याङ विज्ञ प्रा. हेलियो इजी स्वेताले ब्राजिलमा चट्याङका घटनाहरु एवं त्यसबाट हुने जनधनको क्षतिबारे जानकारी गराउँदै जनचेतना एवं सुरक्षा उपायहरु लागु भएका कारण पछिल्ला वर्षहरुमा त्यो घट्दो क्रममा रहेको बताउनुभयो ।  

अमेरिकाबाट भर्चुअल माध्यमबाट संवादमा सहभागिता जनाउनु भएका लाइट्निङ प्रोटेक्सन वर्किङ ग्रुपका इञ्जिनियर मिसेल गुथरीले चट्याङबाट सुरक्षित हुनका लागि आवश्यक पूर्वाधार तथा संहिताहरुबारे प्रस्तुतीकरण गराउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्रा. श्रीराम शर्माले चट्याङ नेपालमा मानवीय क्षति गर्ने नम्बर एक कारक भएको उल्लेख गर्दै मनसुन पूर्वका महिनाहरुमा खासगरी अपराह्नको समय जोखिमपूर्ण रहने गरेको जानकारी गराउनुभयो ।

मकवानपुरको कैशाल गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले आफ्नो गाउँपालिका जस्तै हरेक वर्ष चट्याङबाट अति प्रभावित हुने स्थानीय तहहरुमा जनचेतनाका कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव जयनारायण आचार्यका अनुसार हरेक वर्ष २५९ चट्याङबाट विगत १० वर्षमा ९८४ जनाको मृत्यु भएको र २ हजार ८७२ घाइते भएका छन् ।

प्राधिकरणले विपद् जोखिमका विषयवस्तुहरुमाथि सरोकारवालाबीच सार्थक छलफल गर्न 'विपद् संवाद' आयोजना गर्दै आएको छ । 

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4