समाचार

बाढीजन्य जोखिम आँकलन सम्बन्धी संवाद

Jul 3, 2023

बाढीजन्य जोखिम आँकलन सम्बन्धी नेपालमा हालसम्म भए-गरेका कार्यहरुका बारेमा जानकारी, अध्ययन तथा नतिजाका बारेमा विचार-विमर्श, यस सम्बन्धी अध्ययनको भावी आवश्यकता, अपुग र दिशा निर्देशका बारेमा आज विज्ञहरुको उपस्थितिमा एक गहन संवाद गरिएको छ । 
कार्यक्रममा रिजनल इन्टिग्रेटेड मल्टी-हजार्ड अर्लि वार्निङ सिस्टम्स (RIMES) का पूर्व कार्यक्रम सल्लाहकार डा. दिलिप गौतम, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशी, त्रिभुवन विश्वविद्यालय इञ्जनियरिङ संस्थानका प्रा.डा. विष्णु पाण्डे, नेपाल इञ्जिनियरिङ कलेजका प्रा.डा. हरि कृष्ण श्रेष्ठले प्रस्तुतीकरणसहित आफ्नो धारणा राख्नुभयो । नेपाल डेभ्लप्मेन्ट रिसर्च इन्स्टिच्युट (NDRI) डा. दिवस बहादुर बस्नेतले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । 
विज्ञ तथा सहभागीहरुले बाढीजन्य जोखिम आँकलन सम्बन्धमा संकटसन्नता डाटाको कमी रहेको जानकारी दिंदै डाटा संकलन क्रममा खासगरी 'आउटपुट' ढाँचासम्बन्धी प्राधिकरणले मापदण्ड बनाउँदा यस सम्बन्धी काम गर्ने सबै निकायलाई सहज हुने धारणा राख्नुभयो । 
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले गत महिना उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यतामा बसेको कार्यकारी समितिको बैठकले बहुप्रकोपीय जोखिम आंकलन विधि तथा कार्ययोजना गठन गर्न एक कार्यदल गठन गरेको जानकारी दिंदै छलफलमा प्राप्त सुझावहरुले कार्यदललाई अध्ययन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
२०८० जेठ २८ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बहुप्रकोपीय जोखिम आंकलन विधि तथा कार्ययोजना तयार गर्न विभिन्न सरोकारवाला निकाय संलग्न सदस्यहरु रहेको कार्यदल गठन गरेको थियो ।
प्राधिकरणले विपद् जोखिमका विषयवस्तुहरुमाथि सरोकारवालाबीच सार्थक छलफल गर्न 'विपद् संवाद' आयोजना गर्दै आएको छ ।

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4