समाचार

पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी एसिया प्रशान्त स्तरीय संवाद काठमाडौंमा

Jun 13, 2023

काठमाडौं, जेठ ३० 
पूर्वानुमानमा आधारित पूर्वकार्य (Anticipatory Action) सम्बन्धी एसिया प्रशान्त स्तरीय तीन दिने संवाद मञ्च काठमाडौंमा सुरु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नुभयो । 
उद्घाटन कार्यक्रममा विशेष मन्तव्य राख्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यलाई विपद् जोखिम व्यवस्थापनमा अगाडिका लागि सोच्ने दृष्टिकोणलाई मलजल गर्ने लक्ष्यका साथ अगाडि बढाइरहेको बताउनुभयो । 
उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, 'हामी विपद् जोखिमको पूर्वानुमानलाई स्थानीय समुदायलाई प्रभाव सूचना संचारसँग जोडिरहेका छौं । रेडक्रस अभियानसँग मिलेर हामीले सबै स्थानीय तहमा स्वयंसेवक परिचालनको तयारी गरेका छौं । गोदाम प्रणालीले अग्रिम व्यवस्थापन गरिएका राहत सामग्रीका अलवा खोज तथा उद्दारका उपकरणहरु पछ्याउन सहयोग गर्छ ।' 
पूर्वानुमानमा आधारित पूर्वकार्यको दिगो बढोत्तरीमा जोड गरिरहँदा अझ वैज्ञानिक जोखिम-जानकारी भएको र नीतिमा आधारित पद्दतितर्फ अघि बढ्नुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको जोड थियो । 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र एन्टिसिपेसन हबले मानवीय क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुको सहयोगमा संवाद मञ्च आयोजना गरेका हुन् ।  
कार्यक्रमको सहआयोजक एन्टिसिपेसन हबकी प्रमुख कारा डेभोना सिय्हानले यस्ता मञ्चहरुले मानिसहरुको जीवन जोगाउन र समाधानहरुको विकास गर्न एकअर्काका अनुभव साटासाट गर्न र सिक्न मद्दत गर्ने धारणा राख्नुभयो ।  
एसिया प्रशान्त स्तरको संवाद मञ्चको यो सातौं संस्करण हो । यस वर्षको नारा 'नयाँ उचाइमा पुग्दै: पूर्वानुमानमा आधारित पूर्वकार्यको दिगो बृद्धिका लागि मार्गहरुको खोजी' रहेको छ । 
कार्यक्रममा विभिन्न २५ देशका २०० सयभन्दा बढी सरकारी प्रतिनिधिहरु, पूर्वानुमानमा आधारित पूर्वकार्य अभ्यसाकर्ताहरु, साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागिता छ । 
संवाद मञ्चमा पूर्वसूचना प्रणाली, यस क्षेत्रमा पूर्वानुमानमा आधारित पूर्वकार्यका लागि साझा मापदण्डहरु, सामाजिक पंजीकरणलगायतका विषयगत क्षेत्रहरुबारे छलफल हुनेछ । साथै, विभिन्न देशमा भएका असल अभ्यासहरुबारे अनुभव आदानप्रदान पनि गरिनेछ ।  
कुनै स्थानमा विपद्का कुनै घटना हुने पूर्वानुमान भइसकेपछि गरिने अग्रिम उद्दार तथा राहतसहितका क्रियाकलापलाई पूर्वानुमानमा आधारित पूर्वकार्य (Anticipatory Action) भनिन्छ ।

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4