समाचार

'विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको जिम्मेवारी स्पष्ट गरिनुपर्नेमा जोड'

Apr 26, 2023

काठमाडौं, बैशाख १३

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल आश्रय, आवास तथा बसोबास मञ्चको सहयोगमा आयोजना गरेको दुई दिने सम्मेलन तीनै तहका सरकारहरुबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको जिम्मेवारी स्पष्ट गरिनुपर्नेमा जोड दिंदै सम्पन्न भएको छ ।

'पुनर्लाभबाट उत्थानशीलतासम्म: नेपालको हरित, उत्थानशील तथा समावेशी विकास मार्गतर्फको घोषणाको कार्यान्वयन' विषयक दुई दिने सम्मेलनका अतिथिहरु, जनप्रतिनिधिहरु, प्यानल छलफलमा सहभागी विज्ञ एवं सहभागीहरुले विपद् पश्चातको पुनर्निर्माण र पुनर्लाभका क्रममा समुदायको उत्थानशीलतामा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

सम्मेलनको समापन कार्यक्रममा आफ्नो धारणा राख्दै विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन राष्ट्रिय परिषद्का विज्ञ सदस्य गंगालाल तुलाधरले २०७२ बैशाखको भूकम्पपछिको पुनर्निर्माण आफैंमा विपद् जोखिम न्यूनीकरणको महाअभियान भएको उल्लेख गर्दै ३२ जिल्लाका अनुभव सबै जिल्लामा लैजानुपर्ने बताउनुभयो । त्यो अभियानको नेतृत्व गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई साधनस्रोत र अधिकार सम्पन्न बनाउनुपर्ने उहाँको कथन थियो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आवास तथा बस्ती विकासलाई नेपालले गरेको प्रतिबद्धताअनुसार विपद् पश्चातको पुनर्निर्माण र विकासका कार्यहरुलाई हरित, समावेशी र उत्थानशील बनाउनेतर्फ उन्मुख हुन सम्मेलनले महत्वपूर्ण पृष्ठपोषण गरेको बताउनुभयो । यसले नेपाललाई सन् २०३० सम्म सापेक्षित रुपमा विपद् उत्थानशील बनाउने अभियानलाई अगाडि बढाउन पनि सहयोग पुर्याउने पोखरेलको धारणा छ ।

सम्मेलनको दोस्रो दिन दुईवटा प्यानल छलफल सम्पन्न भए जसमा उत्थानशीलतातर्फ प्रदेश तथा स्थानीय सरकारहरुको उन्मुखताबारे प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरु र अधिकारीहरुसहित गहन विमर्श भयो । त्यसक्रममा प्यानलिष्टहरुले विपद् जोखिम व्यवस्थापन वृहत् कार्य भएकोले तीन तहका सरकारहरुबीच स्पष्ट जिम्मेवारी र अधिकार बाँडफाँडसहित जीवन्त समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।  

त्यसैगरि छ वटा प्रस्तुतीकरण सत्रहरु भए । पहिलो चरणमा बहुप्रकोपीय जोखिम आंकलन, विपद् जोखिम न्यूनीकरणमा 'जेड्सी' (लैङ्गिक समानता, अपांगता तथा सामाजिक समावेशी) लाई एकीकरण र हरित आश्रय तथा दिगो आवासका अभ्यासहरुबारे विज्ञहरुको प्रस्तुतीकरणसहित छलफल भयो ।

दोस्रो चरणमा भएका तीनवटा समानान्तर प्रस्तुतीकरणहरुमा नवीन अभ्यासहरुसहित किफायती आवासका उपायहरु, उत्थानशील घरहरु तथा समुदाय निर्माणमा 'वास' (खानेपानी, सरसफाइ तथा स्वच्छता), जीविका तथा भूमिको एकीकरण र बहुप्रकोपीय पूर्वसूचना प्रणालीको पछिल्लो अवस्थाबारे छलफल भएको थियो ।

सम्मेलनमा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरु, सरोकारवाला संघीय एवं प्रदेश मन्त्रालयका अधिकारीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, मानवीय क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरु एवं शोधार्थीहरुको सहभागिता थियो ।

विपद् पूर्वतयारी, जलवायु अनुकूलन, हरित तथा नवीनतम आवासका समाधानबारे छलफल गर्ने, यस क्षेत्रमा भएका असल अभ्यासहरुबारे जानकारी आदानप्रदान गर्ने र उदीयमान मुद्दा तथा चुनौतीहरूको समाधान पहिचान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

 

Pushpa Kamal Dahal "Prachanda"

Rt. Hon. Prime Minister & Chairperson of National Council

Rabi Lamichhane

Hon. Deputy Prime Minister/Home Minister & Chairperson of Executive Committee

पदाधिकारी

Anil Pokhrel

Chief Executive

Bharat Mani Pandey

Joint Secretary

Rameshowr Marhatta

Joint Secretary

Dijan Bhattarai

Under Secretary/Spokesperson and Information Officer

Contact : 9851320269

: dijansmita@gmail.com

Upcomming Events

  • 15
  • Oct

15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 16
  • Oct

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4