समाचार
टर्किएका भूकम्प प्रभावितलाई नेपालको राहत सामग्री
Feb 13, 2023

काठमाडौं, फागुन १
नेपाल सरकारले हालै गएको भूकम्पबाट प्रभावित टर्किएका भूकम्प प्रभावितहरुका लागि औषधी, न्यानो कपडा तथा अन्य आधारभूत सामग्री राहत पठाएको छ ।
विभिन्न सरकारी निकाय, मानवीय क्षेत्रमा काम गर्ने संघ-संस्था र निजी क्षेत्रको सहयोगबाट संकलित २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो खेप टर्कीस एअरलाइन्समार्फत् टर्किए पठाइएको हो ।
आज बिहान त्रिभुवन विमानस्थलमा एक कार्यक्रमकाबीच परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले टर्किस एअरलाइन्सका जनरल म्यानेजर सेरकान बसरलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।
प्रवक्ता लम्सालले टर्किए सरकारबाट माग भएर आए बमोजिमका सामग्रीहरु पठाइएको जानकारी दिनुभयो ।
सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल पनि उपस्थित हुनुहुन्थ्यो ।
कार्यकारी प्रमुख पोखरेलले प्राधिकरण लगायतका विभिन्न सरकारी निकायको पहल तथा मानवीय क्षेत्रमा काम गर्ने संघ संस्था र निजी क्षेत्रको सहयोगमा जम्मा भएका राहत सामग्री पठाउन पाउँदा गौरव सन्तोषको अनुभूति भएको बताउनुभयो ।
सामग्री संकलन तथा 'प्याकेजिङ'मा प्राधिकरणले सक्रिय भूमिका निर्वाह गरेको थियो ।
०७२ बैशाखको विनाशकारी भूकम्पलगत्तै टर्किए सरकारले नेपाललाई आपतकालीन सहयोग गरेको थियो ।
माघ २५ गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्किएमा औषधी, न्यानो लत्ताकपडासहितका अत्यावश्यक सामग्रीहरु पठाउने निर्णय गरेको थियो।
टर्किस एअरलाइन्सले यी सामग्री नि:शुल्क ढुवानी गरिदिएको हो ।

Pushpa Kamal Dahal "Prachanda"
Rt. Hon. Prime Minister & Chairperson of Council
Pushpa Kamal Dahal "Prachanda"
Hon. Home Minister & Chairperson of Executive Committee
पदाधिकारी

Anil Pokhrel
Chief Executive
Anita Niraula
Joint Secretary
Contact : 9851235982
Rameshowr Marhatta
Joint Secretary
Contact : 9851206337

Dhruba Bahadur Khadka
Under Secretary / Spokesperson/Information Officer
Contact : 9851320269/9841190254
: dhrubabkhadka@yahoo.com
- 13
- Oct
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसको समुद्घाटन कार्यक्रम ।
- 1
- 13
- Oct
13th October=13:00 PM = माननीय गृहमन्त्री रामबहादुर थापा "बादल" ज्यूलाई नेपाल चेम्बर अफ कमर्सद्वारा "राहत सामाग्री हस्तान्तरण" कार्यक्रम । स्थानः गृह मन्त्रालय, सभाहल ।
- 1
- 15
- Oct
15th October 14:00-16:00 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting
- 3
- 16
- Oct
16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting
- 4